रामेछापका शान्ति प्रसाद पौडेल सहित बाग्मती प्रदेशमा थपिए १० मन्त्रीहरु

रामेछापबाट बागमती प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित शान्ति प्रसाद पौडेल बागमतीको मन्त्री बन्नुभएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पौडेललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको हो । अन्तिममा माधव नेपाल छाडेर एमालेमा बस्नुभएका पौडेलले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउँनुभएको हो । यस्तै, माधव नेपाल छाडेर एमालेमा बसेकी रचना खड्का आर्थिक मामिला […]

बागमती प्रदेशका १ सय ८३ जना स्थानीय जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी पाटी

बागमती प्रदेशमा एमालेका ५६ जना सांसद मध्ये १३ सांसदले एकीकृत समाजवादी पार्टी रोजेपछि एमालेको सरकार अल्पमतमा परेको छ । त्यस्तै १ सय ८३ जना स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका छन् । रामेछापका ५ सहित यस प्रदेशका १ सय ८३ जना स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका हुन । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि […]

एकीकृत समाजवादीमा रामेछापका पाँच जना जनप्रतिनिधिहरुले गरे सनाखत

रामेछापका ४ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन । जिल्लाको मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत सहित चार जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा रहने भन्दै सनाखत गरेका हुन् । उनिहरुले आज जिल्ला निर्वाचन कार्यालय पुगेर सनाखत गराएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जानकारी दिएको छ । आज ४ जना र केहि दिन अघि एक […]

अब रामेछापमा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन हुने

रामेछाप जिल्लामा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन हुने छ । आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण समिति (डिसिसिएमसी) को बैठकले जिल्लाका सबै सामुदायिक तथा निजी बिद्यालय संचालन गर्न दिने निर्णय गरेको हो । लामो समयदेखि भौतिक रुपमा विद्यालय संचालन नभएको, सबै विद्यार्थीको पँहुचमा इन्टरनेट नभएको, कोभिड–१९ को जिल्लाको अवस्था विश्लेशण गर्दा घट्ने क्रममा रहेको र स्मार्ट […]

यहि भदौ २५ गतेदेखि रामेछाप नगरपालिकाका सबै विद्यालय खुल्ने

रामेछापको रामेछाप नगरपालिकाले यहि भदौ २५ गतेदेखि सबै विद्यायमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भएको छ । १७ महिना देखि बन्द अबस्थामा रहेका रामेछाप नगरपालिकाका विद्यालय भदौ २५ गते देखि खुल्ने भएका हुन । २०७७ चैत्र ११ गते लगाइएको लकडाउनसँगै बन्द रहेका विद्यालय पहिलो चरणको कोरोना केही कमी हुँदा खुल्ने तयारी गरिएको भएपनि दोस्रो चरणको […]

रामेछापमा भिरबाट लडेर एक वृद्धको मृत्यु

रामेछापमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा चिलाउनेमा भिरबाट लडेर एक वृद्धको ज्यान गएको हो । हिजो राति खेतमा पानी लगाउन जाने क्रममा भिरबाट लडेर ७७ वर्षिय टलक बहादुर मगरको मृत्यु गएको सोहि वडाका वडाअध्यक्ष टुपेन्द्र बहादुर तामाङले जानकारी दिनुभयो । मृतकको शव जिल्ला अस्पतालमा पोष्टमार्टमपछि […]

रामेछापको दोरम्बा शैलुङमा उपराष्ट्रपति कप फुटबल प्रतियोगिता हुने

रामेछापमा प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । गुराँसेदेवी युवा क्लबले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ३१ गतेबाट कात्तिक ४ गतेसम्म हुने जनाएको छ । प्रतियोगिता रामेछापको दोरम्बास्थित शैलुङमा आयोजना हुनेछ । प्रतियोगितामा नेपालको चर्चित ३२ क्लबहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ […]

बागमती प्रदेशमा लाइसेन्सको परीक्षा आजदेखि

बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा आजदेखि सञ्चालन गर्ने भएको छ । कार्यालयले वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा आजदेखि सञ्चालन गर्ने भएको हो । प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थी, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी हुने सम्पूर्ण […]

हिलेपानीमा बन्यो शिवलिंगेश्वर मन्दिर,उपप्रमुखद्धारा उद्धघाटन

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ हिलेपानीमा चिटिक्क परेको शिवलिंगेश्वर मन्दिर निर्माण भएको छ । रामदेव मुडुला कार्की समाजले उक्त मन्दिर निर्माण गरेको हो । स्वर्गिय दिप ब कार्कीको सकृयतामा निर्माण भएको उक्त मन्दिर आज रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले उद्धघाटन गर्नुभयो । मन्दिर उद्धघाट गर्दै उपप्रमुख खड्काले आफु जन्मेर हुर्केको ठाउँमा निर्माण भएको […]

यहि भदौ २५ गतेदेखि मन्थली नगरपालिकाका सबै विद्यालय खुल्ने

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले यहि भदौ २५ गतेदेखि सबै विद्यायमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भएको छ । १७ महिना देखि बन्द अबस्थामा रहेका मन्थली नगरपालिकाका विद्यालय भदौ २५ गते देखि खुल्ने भएका हुन । २०७७ चैत्र ११ गते लगाइएको लकडाउनसँगै बन्द रहेका विद्यालय पहिलो चरणको कोरोना केही कमी हुँदा खुल्ने तयारी गरिएको […]