रामेछापमा संस्कृति तथा पर्यटनको क्षेत्रमा योजना माग भएमा बजेटको व्यवस्थापन गर्छु : मन्त्री श्रेष्ठ

रामेछापमा संस्कृति तथा पर्यटनको क्षेत्रमा योजना माग भएमा बजेटको व्यवस्थापन गर्छु : मन्त्री श्रेष्ठ

बाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले रामेछापको संस्कृति र पर्यटनको क्षेत्रमा योजना माग भएमा बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज नेपाली कांग्रेस रामेछाप नगरको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले रामेछापका विभिन्न पर्यटकिय तथा ऐतिहासिक ठाउँहरुमा पूर्वाधार निर्माण,संरक्षण सम्बद्र्धन लगायतका क्षेत्रमा प्रदेश सरकारले काम गर्ने बताउनुभयो ।

रामेछाप नगरपालिका वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले मन्त्री श्रेष्ठलाई भालुखोप भ्युटावर र तारासखे पोखरीको आवश्यक पूर्वाधारहरु निर्माण गर्न योजना माग गर्नुभएको छ । मानेडाडमा बुद्धपार्कको निर्माणको डिपिआर तयार भएपनि बजेट अभावले काम सुचारु हुन नसकेको भन्दै उक्त बुद्धपार्कको निर्माणका लागी पनि बजेटको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार