कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ५ सय पुग्यो

कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ५ सय पुगेको छ । कोरोनाका कारण सुनसरी र रौतहटमा थप दुई पुरुषको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५ सय पुगेको हो ।

नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या ४९८ पुग्यो

नेपालमा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतम आज ७ जना सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ । बितेको २४ घण्टाको अविधमा देशभर १ हजार ५५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ […]

नेपालबाट मनसुन केहीदिनमा सकिने

नेपालबाट मनसुन केहीदिनमा सकिने भएको छ । अबको एक दुई दिनमा नेपालबाट मनसुन बाहिरिने छ । मनसुन कमजोर अवस्थामा पुगेकाले अबको एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा पूर्वबाट प्रवेश गरेर मध्य हुँदै पश्चिमसम्म फैलिएर साढे तीन महिना सक्रिय हुने मनसुन पश्चिमबाट मध्य हुँदै पूर्वबाट नै बाहिरिने […]

प्राकृतिक विपद्का कारण देशभर ३ सय ९८ जनाको मृत्यु

विगत ६ महिनाको अवधिमा प्राकृतिक विपद्का कारण देशभर ३ सय ९८ जनाको मृत्यु भएको छ । अवरिल वर्षापछिको बाढी पहिरोका कारण सिन्धुपाल्चोक, बागलुङ, म्याग्दी, जाजरकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र अहिले पनि पहिरोमा हराइरहेका कतिपयको शव फेला पर्न नसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गत वैशाख […]

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो, २५ हजार पुगेपछि लकडाउन गरिने

नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ । पछिल्लो २४ घन्टामा एक हजार ५१३ जना कोरोनाका संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको हो । काठमाडौं उपत्यकामा एकैदिन अहिलेसम्मकै बढी ९३४ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ७४७, ललितपुरमा ११४ तथा भक्तपुरमा ७३ जना संक्रमित थपिएका हुन् । त्यस्तै, […]

नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । […]

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखापरेका थप तीन जनाको मृत्यु

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखापरेका सप्तरीका तीन जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर घरमा नै क्वारेन्टाइनमा बसेका एक जना र नीजि अस्पतालमा उपचार गराउँदै आएका अन्य दुई जनाको मृत्यु भएको हो । जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ् महिनाअघि मलेसियाबाट आएका ४५ वर्षका पुरुषमा हिजो एक्कासी ज्वरो आएको र श्वास फेर्न समस्या भएपछि […]

कोरोना सङ्क्रमण रोक्न प्रदेश दुईमा स्वास्थ्य पूर्वाधारको अभाव

प्रदेश नम्बर २ मा मात्रै कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ५ हजार ४५ पुगेको छ । हालसम्म १९ जनाको मृत्यु भइसकेको छ । पर्सा, सप्तरी, रौतहट लगायत केही जिल्लामा कोरोना समुदाय स्तरमा नै फैलियो कि भन्ने चिन्ता छ । तर कोरोना रोकथामका लागि प्रदेश २ मा स्वास्थ्य सम्बन्धी पूर्वाधारको व्यवस्था भने पर्याप्त हुन सकेको […]

समुदायस्तरमै कोरोनाको सङ्क्रमणको लक्षण, जनप्रतिनिधि र चिकित्सक चिन्तित

सरकारले साउन ७ गते मध्यराति देखि झण्डै ४ महिना यताको लकडाउन अन्त्य भएको घोषणा ग¥यो । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको ४ दिनमा प्रदेश २ मा कोरोना सङ्क्रमणका कारण ५ जनाको मृत्यु भइसकेको छ भने समुदाय स्तरमै सङ्क्रमण फैलिएको हुनसक्ने चिकित्सकहरुले बताईरहेका छन् । दुई दिन पर्साका एक जना १७ वर्षका किशोरीको पनि कोरोना […]

वीरगञ्जमा समुदायस्तरमा कोरोना भाइरस फैलिएको आशंका

वीरगञ्जमा समुदायस्तरमा नोबेल कोरोना भाइरसको सङ्क्रमण भए नभएको बारेमा जाँचपछि मात्र भन्न सकिने सरकारले जनाएको छ । हालसम्म भेटिएका सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पीसीआर जाँच धमाधम भइरहेकाले उनीहरूको जाँचको रिपोर्ट नआएसम्ममा यसै भन्न नसकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार वीरगन्जलगायत धेरै सङ्क्रमित भेटिएको स्थानमा मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा […]