नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ७३ हजार ३९४ पुगेको छ । २४ घण्टामा ८ सय ८५ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन । योसहित नेपालमा ५३ हजार ८९८ जना संक्रमणमुक्त भएका छन । पछिल्लो २४ घण्टामा १० हजार १२३ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६३३ , ललितपुरका १०४ र भक्तपुरका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार