रामेछाप नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने

रामेछाप नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । नगरपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । नगरपालिकाको ५० प्रतिशत अनुदानमा बाली संरक्षण कार्यक्रम सञ्चालन गर्ने जनाइएको हो । कार्यक्रम सञ्चालन गर्नको लागि नगरपालिकाले १० […]

रामेछाप सुकाजोरका किसानलाई परिचय पत्र वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका किसानलाई परिचय पत्र वितरण गर्न सुरु गरिएको छ । परिचय पत्रकै आधारमा वडाबाट किसानलाई वीउविजन, मलखाद, कृषि औजार, उपकरण लगायत अनुदान उपलब्ध गराइने वडाअध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । वडा भित्र बसोवास गर्ने वास्तवीक किसानको पहिचान गरी हक अधिकार सुनिश्चित गर्नका लागि परिचय पत्र वितरण गरिएको उहाँको भनाई […]

रामेछाप सहित बागमती प्रदेशको सबै जिल्लामा पीपीआर खोप अभियान सुरु

बागमती प्रदेशको रामेछाप सहित सबै जिल्लामा पीपीआर खोप अभियान सुरु भएको छ । प्रदेशको १३ वटै जिल्लामा सोमबारदेखि फागुन ७ बजेसम्म पिपिआर खोप अभियान सुरु भएको हो । सो अभियान अन्तर्गत बागमती प्रदेशको सबै जिल्लामा गरी ९२ हजार ५ सय ६१ भेडा र २५ लाख २० हजार ६ सय ७१ वटा बाख्रा गरी कुल २६ […]

रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्दै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले जानकारी दिनुभयो । नगर भित्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गरी कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म पुर्याइने उहाँले बताउनुभयो । उहाँका अनुसार वडा नं १ देखी ९ सम्मका […]

सिँचाइको व्यवस्था गरिदिन रामेछापका माझी समुदायको माग

तामाकोशी नदी बस्ती नजिकैबाट बग्ने भए पनि खेतिपातिका लागि सिँचाइ गर्न नपाएको किसानहरूले गुनासो गरेका छन् । नदी आसपास बसोबास रहेको माझी समूदायले माछा मारेर जीविकोपार्जन गर्दै आएका थिए । तर पछिल्लो समय नदीमा माछा पाइन छाडेपछि ६ सय घरधुरी माझी बस्तीलाई जीवन धान्नै मुस्किल परेको छ । नदीमा माछा पाइन छाडेपछि नै माझी समुदायले […]

बीमा दाबीको प्रक्रिया झन्झटिलो हुँदा रामेछापमा बीमा प्रति किसानको आकर्षण बढेन

बीमा दाबीको प्रक्रिया झन्झटिलो हुँदा कृषि बीमा प्रति रामेछापका किसानको आकर्षण बढ्न सकेको छैन । बालीनाली र पशुपालनमा किसानले ब्यहोर्नु पर्ने सम्भावित क्षतिको जोखिम कम गर्न सरकारले कृषि बीमा कार्यक्रम लागु गरेको छ । बीमा गर्न इच्छुक किसानलाई बिमाङ्कको ८० प्रतिशत रकम सरकारले व्यहोर्ने भएपनि बीमा दाबीको प्रक्रिया झन्झटिलो भएका कारण किसानहरू कृषि बीमा कार्यक्रम […]

रामेछाप सहितका केही जिल्लाका पशुमा खोरेत रोगको सङ्क्रमण,खोप लगाउन विज्ञको सुझाव

आफ्ना पशुमा खोरेत रोगको सङ्क्रमण भएनभएको ख्याल गर्न विज्ञले सुझाव दिएका छन् । अहिले ओखलडुङगा, रामेछाप, सिन्धुली, बैतडी, डडेलधुरा र डोटी आसपासका जिल्लाका केही स्थानीय तहमा पालिएका पशुमा खोरेत रोगको सङ्क्रमण देखिएकाले सचेत हुन विज्ञले सुझाव दिएका हुन् । खोरेत तथा सीमा विहिन पशुरोग अन्वेसन प्रयोगशाला बुुढानिलकण्डमा कार्यरत डा. कृष्णराज पाण्डेले आफ्ना पशु चौपायामा खोरेत […]

फर्म दर्ता गर्दैमा अनुदान पाईन्छ भन्ने भ्रममा नपरौँ,काम गरौँ नगर प्रमुख न्यौँपाने

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले फर्म दर्ता गर्दैमा अनुदान पाईन्छ भन्ने भ्रममा नपर्न नागरीकहरुलाई आग्रह गर्नुभयो । नगरपालिकामा फर्म दर्ता हुँदैमा अनुदान नपाईने भन्दै उहाँले अनुदान प्राप्त गर्न काम पनि गरिरहेको हुनुपर्ने बताउनुभयो । नगरपालिकामा अनुदान चाहियो,मेरो पनि कृषि तथा पशुपालन फर्म दर्ता छ भन्दै धेरै आउने गरेको बताउँदै उहाँले काम गरिरहेका फर्महरुको कामको मुल्याङ्कनको […]

रामेछापमा ढाकाको सामग्रीले बजार पाएन

रामेछापमा ढाकाको सामग्रीले बजार नपाएको व्यवसायिहरुले गुनासो गरेका छन । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएर जिल्लामा धेरै उद्योगले ढाकाका कपडा उत्पादन गर्ने गरेका छन् । हाते तानबाट ढाकाका कपडा बुन्न सुरु गरिएको रामेछापमा अहिले घरका कौशि, बार्दली, कोठासँगै भान्साघरमा समेत तान राखेर ढाका कपडा बुन्ने गरेको पाइन्छ । ढाका बुनाइमा संलग्न हुनेको सङ्ख्या […]

रामेछापको जुनारमा यस वर्ष रोग किरा देखिएन,जुनार उत्पादन बढ्यो

रामेछापको जुनारमा यस वर्ष रोग किरा नदेखिएपछि किसान खुसी भएका छन् । जुनार उत्पानको मुख्य क्षेत्र मानिने रामेछाप नगरपालिकाको ओख्रेनी, गाईटार, सुकाजोर, रामपुर, हिमगंगा लगायत स्थानमा किसानका बगैँचा जुनारले पँहेलपुर बनेपछि जुनार किन्ने र बगैँचा घुम्न पुग्नेहरू बढेका छन् । अघिल्लो वर्षहरूमा जुनारमा केही रोगकिरा देखिएको भएपनि यो वर्ष देखिएको छैन । प्रधानमन्त्री कृषि आधुनिकिकरण […]