मन्थलीको रामेछाप,चरञ्जिवी र अमृत डेरीलाई १५ हजारका दरले जरिवाना

मन्थलीको रामेछाप,चरञ्जिवी र अमृत डेरीलाई १५ हजारका दरले जरिवाना

रामेछापको मन्थलीमा संचालनमा रहेका रहेका तीन वटा डेरी कारबाहीमा परेका छन् । दूधमा आवश्यक गुणस्तरको मात्रा नपुगेको पाइएपछि तीन वटै डेरीलाई कारबाही गरिएको रामेछाप प्रशासनले जानकारी दिएको छ ।

अमृत डेरी, रामेछाप डेरी र चरञ्जिवी डेरीलाई १५ हजारका दरले जरिवाना गरीएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताउनुभयो । परीक्षणमा दूधमा हुनुपर्ने न्यूनतम फ्याट र एमएसएनएफ नभेटिएपछि तीन वटै डेरीलाई कारबाही गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार