रामेछापमा कोरोना संक्रमित संख्या २८६ पुग्यो,दशैं मनाउन गाँउ फर्किनेले जोखिम बढाए

रामेछाप जिल्लामा पछिल्लो पटक कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ । हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ४२ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको मन्थली नगरपालिकाका ६० जनामा कोरोना संक्रमण देखिँदा रामेछाप […]

जग्गा कित्ताकाट खुला गर्नेसम्बन्धी कुनैपनि निर्णय कार्यान्वयन नगराउन सरकारलाई संसदीय समितिको निर्देशन

संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले भूउपयोग ऐन, २०७६ कार्यान्वयन नहुँदासम्म कित्ताकाट खुला गर्नेसम्बन्धी कुनैपनि निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएको छ । समितिको हिजो बसेको बैठकले तत्काल नियमावली बनाएर ऐन कार्यान्वयन गर्दासम्म कित्ताकाटसम्बन्धी कुनैपनि निर्णय कार्यान्वयन नगर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति रामनारायण विडारीले ‘कित्ताकाटसम्बन्धी कुनैपनि […]

देशभरका किसानको गणना गर्ने कृषि मन्त्रालयको तयारी

कृषितथा पशुपन्छी विकास मन्त्रालयले देशभरका किसानहरुको गणना गर्ने भएको छ । ७ सय ५३ वटै स्थानीयतह मार्फत किसानहरुले उत्पादन गर्ने मुख्यबाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए नपाएको अवस्थाबारे विवरण संकलन गरिने मन्त्रालयले जनाएको छ । सरकारले राष्ट्रिय जनगणना गर्न लागेको बेला कृषि मन्त्रालयले कृषकको सर्वेक्षणबाट किसानका वास्तविक समस्याहरुको पहिचान गर्न खोजिएको […]

मेयरको गाउँमा बल्ल बल्यो विजुली बत्ती , स्थानिय हर्षित

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरको जन्म गाउँ वडा नम्बर ४ हिमगंगा बोलङ्ग बोलङ्गमा विजुली बत्ती बलेको छ । रामेछाप नगरपालिकाको विशेष पहल र नेपाल विद्युत प्राधिकरण रामेछापको सक्रियतामा बोलङ्ग बोलङ्गमा विजुली बत्ती बलेको हो । रामेछाप जिल्लाकै दुर्गम ठाउँ हिमगंगा बोलङ्ग बोलङ्गका नागरीकहरु घरघरमा विजुली बत्ती बेलेपछि खुशि भएका छन […]

नेपालमै उत्पादित कोरोनाको औषधिको ‘क्लिनिकल ट्रायल’ हुने

कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड–१९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको जनाएको हो । कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड–१९ को लागि पनि तेस्रो चरणको क्लिनिकल […]

सहकारीहरुले अब ऋण लगानी गर्दा १४.७५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने

सरकारले सहकारी संस्थाहरुले ऋण लगानी गर्दा १४.७५ प्रतिशत भन्दा बढी बढाउन नपाउनेगरी ब्याजदर तोकेको छ । सहकारी विभागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले हिजो (सोमबार) आगामी कार्तिक १५ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको हो । सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार […]

सुनकोशी–मरिन डाइभर्सन आयोजनाको मुआब्जाको काम अगाडि बढ्यो

राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको मुआब्जाको काम अगाडि बढेको छ। सिन्धुली र रामेछापको सिमानामा मुख्य संरचना रहने यस आयोजनाले मुआब्जा वितरणका लागि सार्वजनिक सूचना प्रकाशित गरेको हो। जिल्ला प्रशासन कार्यालय रामेछापले कूल ३ सय ९२ घरपरिवारलाई मुआब्जा वितरणका लागि सार्वजनिक सूचना प्रकाशित गरेको हो ।  रामेछापको साबिक भालुवाजोर, खाँडादेवी, पकरबास, भिरेपानीलगायत स्थानमा बसोबास गर्दै आएका […]

ईरामेछाप अर्थतन्त्र तथ्यचित्र : रामेछापका कुन कुन वडामा कति कति व्यवसायहरु छन् ?

केन्द्रिय तथ्यांक विभागले २०७५ सालमा दुई महिना लगाएर नेपालमै पहिलो पटक राष्ट्रिय आर्थिक गणना गरेको थियो । यसको विस्तृत प्रतिवेदन भने विभागले भर्खरै केहि समय अघि मात्र प्रकाशन गरेको छ । उक्त प्रतिवेदन अनुसार नेपाल भरी ९ लाख २३ हजार ३ सय छपन्न व्यवसायिक संस्थाहरुले ३२ लाख २८ हजार ४ सय सन्ताउन्न जनालाई रोजगारी दिएको […]

काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो

काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो भएको छ। निषेधाज्ञाकास्वरुप उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले परिवर्तन गरेका हुन् । मंगलबार नै तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमोदनका लागि गृहमन्त्रालयमा पठाएको निषेधाज्ञाको स्वरुपहिजो स्वीकृत भएको हो । निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी […]

अर्को हप्तादेखि मल आपूर्ति हुने

कृषि तथा पशुपन्छि विकास मन्त्रालयले अबको एक हप्तामा नेपालमा रासायनिक मल भित्रिने जनाएको छ।मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आयात हुने ३२ हजार १९० मेट्रिक टन युरिया मल कलकत्ता बन्दरगाहबाट नेपालतर्फ ढुवानी सुरु भएको स्पष्ट पारेको हो।त्यसपछि लगत्तै कृषि सामग्री कम्पनी मार्फत आयात हुने अर्को लटको युरिया मल आउने क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ। यसअघि मन्त्रालयका […]