बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेश

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गर्नुभएको छ । मुख्यमन्त्री शाक्यको प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेशसभाका सचिव कृष्णहरि खड्कालाई विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव बुझाउनुभएको हो । शाक्यले आफ्नो दल नेकपा एमाले विभाजन भएकाले संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ […]

प्रधानमन्त्री देउवाद्धारा मन्त्रिपरिषद् बिस्तार

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्दा केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहनुभएका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बन्नुभएको छ । […]

रामेछापको डकुरसिंडाडाँमा २१ फिट अग्लो गणेशको मूर्ति

रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ डकुरसिंडाडाँमा गणेशको मूर्ति स्थापना गरिएको छ । इन्जिनियर हिरण्यप्रसाद पौडेलले २१ फिट अग्लो उक्त मूर्ति नेपालकै अग्लो गणेश मूर्ति भएको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रामेछाप नगरपालिका मार्फत मूर्ति स्थापना गराएको हो । यसका लागि करिब ३० लाख रुपैयाँ खर्च भएको योजनामा संलग्न इन्जिनियर कुशुम भट्टराईले जानकारी दिनुभयो […]

आज बडादसैँको दोस्रो दिन, माता भगवती ब्रह्मचारिणीको पुजाआजा गरिँदै

बडादसैँ अन्तर्गत आज नवरात्रको दोस्रो दिन शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको विशेष पुजाआजा गरिँदै छ । ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पुजाअर्चना गर्ने प्रचलन रहिआएको छ । शक्तिपीठहरूमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । […]

गठन भएको ८८ औँ दिनमा आज सरकारले पूर्णता पाउँदै

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मन्त्रीको नाम बुझाएपछि मन्त्रिपरिषद्ले आज पूणर्ता पाउने भएको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयलगायत अरु भागबण्डा मिलेसँगै आज बिहानसम्ममा मन्त्रीको नाम दिन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलहरूलाई भन्नुभएको छ । त्यसैअनुसार हिजो बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुङ्ग्याउने जिम्मा […]

रामेछाप गोल्डकप फुटबल प्रतियोगिता सुरु,नगरप्रमुखद्धारा उद्धघाटन

वडादशैँको अवसरमा आयोजना गरीएको रामेछाप गोल्डकप फुटबल प्रतियोगिता २०७८ आजदेखी सुरु भएको छ । प्रतियोगिताको रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले उद्धघाटन गर्नुभयो । सो कार्यक्रममा बोल्दै उहाँले प्रतियोगितामा सहभागी खेलाडीहरुले खेल खेल्ने क्रममा कुनै चोटपटक लागे वा घाईते भईहालेमा त्यसको उपचार खर्च नगरपालिकाले व्यहोर्ने बताउनुभयो । रामेछाप नगरपालिका वडा नं ७ मा रहेको […]

रामेछापको विहिबारे हाट : बढ्यो खसीको व्यापार

रामेछाप जिल्लाकै पुरानो र ऐतिहासिक हाटको रुपमा लिने गरिएको विहिबारे हाटमा खसी, बोका किन्ने र बेच्नेको निकै भिड लोगेको थियो । आजको हाट यो दशैँको अन्तिम हाट भएर पनि होला किनमेल गर्ने र बजार घुमफिर गर्न आउनेको निकै भिड देखिन्थ्यो । बजारमा विशेषगरी लत्ताकपडा र खसी, बोका किनबेच गर्नेहरुको संख्या अरु समयमा भन्दा आज अलि […]

दशैं सुरु भएसँगै उपत्यका छाड्नेको सङ्ख्या बढ्यो

दशैं सुरु भएसँगै काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या बढेको छ । हिजो ४२ हजार ४ सय ६० जना काठमाडौं बाहिर गएकोमा गत २४ घण्टामा यो सङ्ख्या बढेको छ । गत २४ घण्टामा ४८ हजार ९ सय ८१ जना काठमाडौं बाहिर गएको प्रहरीले जानकारी दिएको छ । दशैंका लागि गृह जिल्ला जानेको सङ्ख्या बढेकाले यो सङ्ख्या अझै […]

बागमती प्रदेशका सार्वजनिक सवारीमा २३ प्रतिशत भाडा वृद्धि

बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढेको छ ।बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको प्रदेश सरकारले जनाएको छ। संघीय सरकारले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश (राष्ट्रिय राजमार्गमा चल्ने सार्वजनिक सवारीको) भाडा २८ प्रतिशतले समायोजन गरेको […]

आज घटस्थापना, घरघरमा जमरा राखेर घटस्थापना गरिँदै

नेपालीहरुको महानपर्व बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिँदै छ । पहिलो दिन आज समस्त हिन्दु धर्मालम्बिहरुले आ–आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी, माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ […]