अबदेखि सामाजिक सुरक्षा भत्ता तीन महिनामा वितरण हुने

अबदेखि सामाजिक सुरक्षा भत्ता तीन महिनामा वितरण हुने

अबदेखि सामाजिक सुरक्षा भत्ता तीन महिनामा वितरण हुने भएको छ । यसअघिचार महिनामा वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता अबदेखि तीन महिनामा वितरण गर्ने भएको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

विभागका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ ले चालु आर्थिक वर्ष २०७८÷७९ देखि सामाजिक सुरक्षा भत्ताको निकासा तीन महिनामा हुने व्यवस्था गरेको छ । सोही नियमलाई चालु आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याइने भएको हो ।

विभागले सबै स्थानीय तहलाई यस प्रकारको व्यवस्था मिलाउन भनेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अहिले देशभर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३४ लाख ६५ हजार ७ सय १३ छन् । सरकारले सामाजिक सुरक्षामा वार्षिक १ खर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार