बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेश

बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेश

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गर्नुभएको छ । मुख्यमन्त्री शाक्यको प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेशसभाका सचिव कृष्णहरि खड्कालाई विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव बुझाउनुभएको हो ।

शाक्यले आफ्नो दल नेकपा एमाले विभाजन भएकाले संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्न सूचना गरेको उल्लेख गर्नुभएको छ । उहाँले विश्वासको मत लिन प्रदेश सरकारले पर्सि प्रदेशसभा अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार