रामेछापको डकुरसिंडाडाँमा २१ फिट अग्लो गणेशको मूर्ति

रामेछापको डकुरसिंडाडाँमा २१ फिट अग्लो गणेशको मूर्ति

रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ डकुरसिंडाडाँमा गणेशको मूर्ति स्थापना गरिएको छ । इन्जिनियर हिरण्यप्रसाद पौडेलले २१ फिट अग्लो उक्त मूर्ति नेपालकै अग्लो गणेश मूर्ति भएको बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रामेछाप नगरपालिका मार्फत मूर्ति स्थापना गराएको हो । यसका लागि करिब ३० लाख रुपैयाँ खर्च भएको योजनामा संलग्न इन्जिनियर कुशुम भट्टराईले जानकारी दिनुभयो । मूर्ति भारतीय कालिगढले बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार