खाना पकाउने ग्यास सहित इन्धनको मूल्य बढाइयो

खाना पकाउने ग्यास सहित इन्धनको मूल्य बढाइयो

नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।निगमले गएराति १२ बजेदेखि लागू हुने गरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो ।

निगमका अनुसार काठमाडौं उपत्यकामा (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरको क्षेत्रमा) पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३÷३ रूपैयाँ बढेको छ।योसँगै पेट्रोलको मूल्यलिटरको १ सय ३३ रूपैयाँ पुगेको छ ।

यस्तै डिजेल र मट्टितेलप्रतिलिटर १ सय १६ रूपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर दस रूपैयाँ बढेर ९६ रूपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ५० रूपैयाँ बढेको छ । अब ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ५ सय रूपैयाँ पर्ने निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार