देशभरी नै न्यूनतम तापक्रम घट्दा चिसो बढ्दै

देशभरी नै न्यूनतम तापक्रम घट्दा चिसो बढ्दै

आज देशको पहाडी भूभागको मौसम घाम लाग्दै बादल लागेपनि बाँकी ठाउँको मौसम भने सफा रहने मौसमविद्ले बताएका छन् । अहिले नेपालमा पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले तत्काल पानी पर्ने सम्भावना नरहेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना छ । सामान्यतया दिउँसो र राति मौसम सफा हुँदा बिहानको तापक्रम घट्छ । केही दिनयता राति मौसम सफा हुँदा देशभरी नै न्यूनतम तापक्रम घटेर चिसो बढ्दै गएको मौसमविद् प्रधानाङ्गको भनाइ छ ।

महाशाखाका अनुसार हिजो जुम्लाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ । यस्तै जोमसोमको ३ दशमलव ५ डिग्री सेल्सियस र जीरीको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार