बार एशोसिएसनले आज कालोपट्टी बाँधेर सर्वोच्चमा धर्ना दिँदै

बार एशोसिएसनले आज कालोपट्टी बाँधेर सर्वोच्चमा धर्ना दिँदै

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आजदेखि विभिन्न चरणका आन्दोलन गर्दैछन् । बारले आजदेखि आउँदो बुधबारसम्म विभिन्न चरणको आन्दोलन गर्न लागेको हो ।

बारका सदस्य खिमानन्द अधिकारीका अनुसार आज सर्वोच्च अदालतमा कालो पट्टी बाँधेर धर्ना दिने, भोलि गेटमा धर्ना दिने, पर्सि कोणसभा गर्ने र बुधबार पनि आन्दोलनलाई निरन्तरता दिने तयारी छ ।

बुधबारसम्ममा प्रधानन्यायाधीश जबराको राजीनामा नआए फेरि बैठक बसेर थप आन्दोलन गर्ने उहाँको भनाइ छ । विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको गरिमा कायम गर्न नसकेकाले राजीनामा मागिएको भन्दै, बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएको छ । प्रधानन्याधीश जबरा भने राजीनामा नदिने अडानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार