रामेछापमा मादलको व्यापार घट्यो, बादी समुदायको मादल व्यवसाय संकटमा

रामेछापमा मादलको व्यापार घट्यो, बादी समुदायको मादल व्यवसाय संकटमा

रामेछापमा पछिल्लो समय मादलको व्यापार घटेको छ । केही वर्षअघिसम्म तिहारअघि मादलको बिक्री उल्लेख्य हुने गरेको भएपनि अहिले तिहारको सिजनमा मादल बेच्न निक्कै मुश्किल हुने गरेको रामेछाप बजारमा १० वर्षदेखी मादल व्यापार गर्दै आउनुभएका व्यापारी सुजन घिमिरेले बताउनुभयो ।

गत वर्ष ५ वटा मादल विक्रि भएको भन्दै उहाँले यस वर्ष अहिलेसम्म एउटा पनि मादल विक्री नभएको बताउनुभयो । जिल्लामा मेहनत अनुसारको मूल्य पाउन छोडेपछि हिजोआज मादल बनाउनेहरूको संख्या पनि घट्दो छ ।

मादल बजाएर नाच्ने गाउनेभन्दा स्पिकरमा गीत बजाएर रमाइलो गर्ने चलन बढेकाले पनि मादलको बिक्री घटेको हो । गीत संगीत क्षेत्रका आधुनिक उपकरणको प्रयोगसँगै मादल बजाउने पनि घटेका छन् ।

जिल्लामा मादल बनाउने पेशा नै लोप हुँदै गएको छ । दशैं तिहार अघि मादल बनाउन भ्याइनभ्याई हुने बादी समुदायका नागरिक अहिले भने मादल बनाउने पेशा छाडेर अन्य पेशा तथा व्यवसायमा आबद्ध हुन थालेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार