माल्दिभ्स सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप आज नेपाल आइपुग्ने

माल्दिभ्स सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप आज नेपाल आइपुग्ने

माल्दिभ्स सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ । आज दिउँसो २ लाख एक हजार ६ सय डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले  जानकारी दिनुभयो । उहाँका अनुसार कतार एयरको नियमित उडानमार्फत दिउसो १ बजे उक्त खोप नेपाल आइपुग्ने छ। यो खोप केही जिल्लामा पठाउने सरकारको योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार