सुनको भाउ बढ्यो तोलाको ९६ हजार ३ सय रुपैंया

सुनको भाउ बढ्यो तोलाको ९६ हजार ३ सय रुपैंया

सुनको भाउले आज पनि नयाँ रेकर्ड राखेको छ । पछिल्लो केही दिनदेखि बढेर दैनिक नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यले आइतबार पनि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आईतबार छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुनको मूल्य एक हजार ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार १५५ रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रिँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ महँगो हुँदै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार