प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत चार जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो । प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई सङ्क्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजीपी निरजबहादुर शाहीले जानकारी दिनुभयो । शाखामै चार जनामा कोरोना पुष्टि भएपछि उनीहरुको सम्पर्क र संसर्गमा आएकाको खोजी कार्य सुरु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार