आज बदलीसहित केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

आज बदलीसहित केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

देशभरमा आज सामन्यतया बदलीसहित केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । मनसुनी वायु तथा मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण बदली तथा वर्षा हुने भएको हो । विगत केही दिनको तुलनामा मनसुन केही कमजोर भए पनि निष्क्रिय नरहेको मौसमविद शान्ति कँडेलले बताउनुभयो । पूर्वदेखि पश्चिमका विभिन्न स्थानमा दिउँसो र राति बलदी तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ । विगतका दिन भन्दा आज पानीको मात्रा कम भए पनि भोलि साँझदेखि पुनः मौसम सक्रिय हुने र दुईतीन दिन ठूलो झरी पर्ने महाशाखाले जनाएको छ । देशभरका नदीमा पानीको बहाव बढ्ने, पहिरो तथा बाढीको जोखिम हुने भएकाले सचेत हुनुपर्ने मौसमविद् कँडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार