नेकपाभित्र साम्य हुन खोजेको विवाद फेरि चर्कियो

नेकपाभित्र साम्य हुन खोजेको विवाद फेरि चर्कियो

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र साम्य हुन खोजेको विवाद फेरि चर्किएको छ । शीर्ष तहका नेताहरू नै सार्वजनिक रुपमा आरोपप्रत्यारोप उत्रिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नोपालले प्रधानमन्त्री लक्षित गरी सार्वजनिक रूपमा नै आरोप लगाउनु थाल्नुभएको छ । अध्यक्ष एवं प्रधानमन्त्री ओली निकट नेताहरू सार्वजानिक रूपमा त्यसको प्रतिवादमा उत्रिएका छन् ।

शीर्ष नेताहरू बीचको अभिव्यक्तिले पार्टी र सरकारबीचको सम्बन्ध नै सङ्कटमा परेको देखिएको छ । निर्वाचन आयोगमा नेकपा एमाले पार्टी प्रधानमन्त्री ओलीसमेतको सक्रियता र पहलमा दर्ता भएको प्रचण्डको आरोप छ । शीर्ष नेताहरू नै तल्लो तहका नेताको हैसियतमा सार्वजनिक हमलामा उत्रेपछि नेकपाको विवादले नयाँ मोड लिएको देखिएको थियो । विवादकाबीच साउन १३ गते बस्ने स्थायी कमिटी बैठक पेचेलिलो बन्ने देखिएको छ ।

त्यो बैठकमा जनताको बहुदलीय जनवादसहितको सिद्धान्तको बहस पनि हुने देखिएको छ । एक स्थायी कमिटीका सदस्यका अनुसार अब विवाद समाधान हुने सम्भावना झन टाढा पुगेको छ । स्थायी समिति वा केन्द्रीय समिति जहाँबाट भए पनि प्रक्रियागत रूपमा अघि बढेमा बहुमतको आधारमा निर्णय गर्नुपर्ने अवस्था आउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार