कमजाेर पात्रहरूकाे बाहुल्यता

नविन गाउँले रामेछाप । नेपाली उपन्यासकाे लेखन एक शताब्दी पार गरेर अरू दशकतिर बढिरहेकाे छ। २०२२ सालमा चर्चित उपन्यास शिरिषकाे फूल मार्फत पारिजातले शुन्यबादकाे वकालत गरिन्।मूख्य पात्र शिव र सकबरी रहेकाे याे उपन्यासमा शिबले जीबनलाई असफलता र दुर्भाग्य भने। उपन्यासकाे अन्तिम तिर मानिस यसै पनि दुखि छ उसै पनि दुखि छ भनेर जीबनलाई एउटा निस्सारकाे […]

भक्तपुरको साँगा नाका खुकुलो हुँदा काठमाडौं उपत्यकामा कोरोनाको सङ्क्रमण बढ्यो

भक्तपुरको साँगा नाकाबाट उपत्यका भित्रिनेको संख्यामा बृद्धि भएसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण पनि बृद्धि भएको छ । बन्दाबन्दी खुलेसँगै पूर्वबाट साँगा नाका हुँदै उपत्यका प्रबेश गर्नेको संख्या बढेसँगै दिनानु दिन कोरोना सङ्क्रमितको संख्या पनि थपिने क्रममा छ । उपत्यका प्रवेशको पूर्वी नाका साँगामा तीन हजार भन्दा बढिको स्वाब संकलन पछि गरिएको परीक्षणको रिर्पोटलाई आधार मान्दा […]

काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओको बैठकले कोरोना सङ्क्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला समन्वय समितिको बैठकले काठमाडौं उपत्यकामा पर्सिदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका काम सम्भव भएसम्म नियन्त्रित गर्ने निर्णय […]

काठमाडौं उपत्यकामा मात्रै थपिए आज १ सय ६ जना कोरोना सङ्क्रमित

आज नेपालमा थप ४ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना सङ्क्रमण देखिएको हो । नेपालमा कुल कोरोना सङ्क्रमितको संख्या २२ हजार २१४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । […]

मलको अभावले उत्पादन घट्ने चिन्तामा रामेछापका किसान

कहिले फौजी किरा त कहिले सलह किराको प्रकोपबाट नोक्सानी व्यहोर्दै आएका रामेछापका किसानले यतिबेला भने मलको अभाव झेल्नु परेको छ । मकैमा युरिया मल हाल्न नपाएका किसानहरुले धान गोड्ने समयमा युरिया मल हाल्न नपाएपछि किसान धान उत्पादन घट्ने चिन्तामा छन् । रामेछाप नगरपालिका ७ का किसान विमला बस्नेतले १० रोपनी धन्दा बढि जग्गामा धान रोप्नु […]

तिम्रो स्वास्नी प्रतिको मेरो प्रेम

विनोद कुमार श्रेष्ठ । फेसबुक चलाउदै थिएँ । फेसबुकमै पहिलो पटक तिम्रो स्वास्नीलाई भेटेँ । मैले लेखेको किताब पढेपछि उनले फ्रेण्ड रिक्वेस्ट गरेकी रहिछिन् । मैले एसेप्ट गरेँ । तिम्रो स्वास्नी मेरो फेसबुके साथी भइन् । तिम्रो स्वास्नीसँग मेरो म्यासेज आदानप्रदान भयोे । म्यासेजकै क्रममा उनले फ्याट्टै भनिन् – “किताब पढ्दैगर्दा तपाईँलाई मन पराएछु ।” […]

देशका ६ जिल्लाका पशुमा लम्पी स्किन रोग देखियो

भारतसँग सीमा जोडिएका ६ जिल्लाका पशुमा ’लम्पी स्किन’ रोग देखिएको छ । प्रदेश एकका मोरङ, झापा र सुनसरी प्रदेश दुईको रौतहट र वाग्मती प्रदेशका चितवन र मकवानपुरमा किसानले पालेका गाईभैँसीमा लम्पी स्किन रोग देखा परेको पशु सेवा विभागले जनाएको हो । अहिलेसम्म दुई हजारभन्दा बढी गाईमा यो रोग देखा परेको विभागका महानिर्देशक डा. वंशी शर्माले […]

राष्ट्रिय सभाका चार विषयगत समितिका सभापति छनौट भएको घोषणा आज हुँदै

तोकिएको समयमा निवर्तमान सभापतिले मात्र सभापतिका लागि उम्मेदवारी दिएपछि राष्ट्रिय सभाका चार विषयगत समितिमा पूरानै नेतृत्व दोहरिने भएको छ राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दीलकुमारी रावल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङको मात्र उम्मेदवारी परेको छ । एउटा समितिमा […]

उपत्यकामा नयाँ मापदण्ड लागु गर्ने तयारी, आज प्रमुख जिल्ला अधिकारीको बैठक

समुदायमा नोबेल कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाभित्रका सरकारी, निजी र गैरसरकारी सङ्घसंस्था सञ्चालनमा नयाँ मापदण्ड लागु गरिने भएको छ । कस्तो मापदण्डलाई अन्तिम रूप दिने भन्ने बारेमा छलफल गर्न आज काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बोलाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । उपत्यकामा सञ्चालित कार्यालय, उद्योगरकलकारखाना, होटलररेस्टुराँ, […]

चाडपर्व, जात्रा र उत्सव मनाउँदा विशेष ख्याल राख्न सरकारको अनुरोध

नाबेले कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले चाडपर्व, जात्रा र उत्सव मनाउँदा विशेष ख्याल राख्न अनुरोध गरेको छ । यसलाई थप व्यवस्थित गर्नका लागि मापदण्ड नै सार्वजनिक गरेको छ । सरकारले जात्रा तथा धार्मिक सभासमारोह गर्न रोक लगाए पनि जनस्तरबाट अवज्ञा भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मापदण्ड ल्याएको हो । चाडपर्व, जात्रा र उसत्व मनाउँदा एउटै […]