भक्तपुरको साँगा नाका खुकुलो हुँदा काठमाडौं उपत्यकामा कोरोनाको सङ्क्रमण बढ्यो

भक्तपुरको साँगा नाका खुकुलो हुँदा काठमाडौं उपत्यकामा कोरोनाको सङ्क्रमण बढ्यो

भक्तपुरको साँगा नाकाबाट उपत्यका भित्रिनेको संख्यामा बृद्धि भएसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण पनि बृद्धि भएको छ । बन्दाबन्दी खुलेसँगै पूर्वबाट साँगा नाका हुँदै उपत्यका प्रबेश गर्नेको संख्या बढेसँगै दिनानु दिन कोरोना सङ्क्रमितको संख्या पनि थपिने क्रममा छ । उपत्यका प्रवेशको पूर्वी नाका साँगामा तीन हजार भन्दा बढिको स्वाब संकलन पछि गरिएको परीक्षणको रिर्पोटलाई आधार मान्दा पनि यो नाका भएर उपत्यका आउनेमा सङ्क्रमण अन्य नाका भन्दा बढी रहेको पाइएको छ । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकाल अनुसार उपत्यका प्रवेश गर्नेमध्ये यो नाकाबाट प्रवेश गरेकामा बढि सङ्क्रमण देखिएको छ । यो नाका हुँदै उपत्यका प्रवेश गरेर विभिन्न अस्पतालमा गरिएको परीक्षण गरिएकामा कोरोना संक्रमितको संख्या बढेको उहाँले बताउनुभयो । बन्दाबन्दी खुले पनि एक जिल्लाबाट अर्को जिल्ला प्रबेश गर्ने सवारीमा रोक लगाएको छ । अन्तर जिल्ला समन्वयका आधारमा भक्तपुर र काभ्रे जिल्ला आवत–जावतका लागि छुट दिइएको र यात्रुले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै साझा यातायातलाई साँगा नाका पार गरेर काभ्रेबाट यात्रु ओसार पसार गर्न छुट दिएको पनि उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार