काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित

काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओको बैठकले कोरोना सङ्क्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला समन्वय समितिको बैठकले काठमाडौं उपत्यकामा पर्सिदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका काम सम्भव भएसम्म नियन्त्रित गर्ने निर्णय गरेको हो । शान्ति सुरक्षा अत्यावश्यक सेवा बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने पनि तय गरेको छ । अत्यावश्यक सेवा प्रदान गर्ने बाहेक कार्यालयहरु तथा भिडभाड हुने कार्यालयहरुमा पनि यस्तै मापदण्ड लागू गर्नुपर्ने बारेमा छलफल भएको तर त्यसका लागि कार्यालय प्रमुखले नै निर्णय गर्ने तय गरिएको दाहालले बताउनुभयो । बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार