चाडपर्व, जात्रा र उत्सव मनाउँदा विशेष ख्याल राख्न सरकारको अनुरोध

चाडपर्व, जात्रा र उत्सव मनाउँदा विशेष ख्याल राख्न सरकारको अनुरोध

नाबेले कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले चाडपर्व, जात्रा र उत्सव मनाउँदा विशेष ख्याल राख्न अनुरोध गरेको छ । यसलाई थप व्यवस्थित गर्नका लागि मापदण्ड नै सार्वजनिक गरेको छ । सरकारले जात्रा तथा धार्मिक सभासमारोह गर्न रोक लगाए पनि जनस्तरबाट अवज्ञा भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मापदण्ड ल्याएको हो । चाडपर्व, जात्रा र उसत्व मनाउँदा एउटै घरमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट कम गर्ने र गर्नैपर्ने भएमा दुई मिटरको दुरी कायम गर्नुपर्ने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । सरकारी, सामुदायिक तथा निजी कार्यालयहरूमा बैठक नगर्न मन्त्रालयले अपिल गरेको छ । बैठक बन्द गर्न नमिल्ने भए भर्चुअल अर्थात् भिडियोको माध्यमबाट गर्न सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार