नेकपाको सचिवालय बैठक अन्यौलमा, विवाद समाधानका लागि चिनियाँ चासो

नेकपाभित्रको विवाद समाधान हुने सम्भावना नदेखिएपछि आज बस्ने सचिवालय बैठक अन्यौलमा परेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपीशर्मा ओली बैठक सार्ने कसरतमा लाग्नु भएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल पचण्ड बैठक गराउनै पर्ने अडानमा रहनु भएको छ । सचिवालयमा गत शुक्रबार प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि आज छलफल गर्ने टुंगो भएको थियो । अध्यक्ष ओलीको […]

छठ पर्वको रौनक आजबाट सुरु

धार्मिक एवं लोकआस्थाको पर्व छठ आज(बुधबार)बाट सुरु भएको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ छठ पर्व शुरु भएको हो । विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना संक्रमणका कारण केही समस्या देखिएको छ । तर पनि छठ विधिवत् रुपमा मनाउन थालिएको छ । ग्रामीण क्षेत्रलगायत विभिन्न ठाउँमा […]

तिहार मनोविज्ञानका हिसाबले  महत्त्व

गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ । तर यो  विषम परिस्थितिमा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परालाई भने […]

स्थानीय तहहरुमा अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन

सरकारले स्थानीय तहहरुलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । सरकारले यही मंसिर १५ गते देशभरका तीन सय ९६ वाटा स्थानीय तहमा पाँचदेखि १५ शैयाको अस्पताल संचालनका लागि निर्माण हुने भवन शिलान्यास गर्ने निर्णय गरेको । भवन शिलान्यासका लागि व्यवस्था मिलाउन निर्देशन दिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । […]

मोडेर्नाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी

अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ ।कम्पनीले हिजो सोमबार सार्वजनिक गरेको तथ्यांकले खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको बीबीसीले लेखेको छ ।यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो । […]

रजिष्टर्ड लेखा परिक्षकबाट आन्तरिक लेखापरीक्षण नगराउन सरकारको निर्देशन

सरकारले स्थानीय सरकारले कानुन विपरित रजिष्टर्ड लेखा परिक्षकबाट आन्तरिक लेखापरीक्षण नगराउन निर्देशन दिएको छ । कतिपय स्थानीय तहले रजिष्टर्ड लेखा परिक्षकबाट पनि आन्तरिक लेखापरीक्षण गराएको गुनासो आएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति र ७ सय ५३ वटै स्थानीय तहलाई यस्तो निर्देशन दिएको हो । सरकारले जारी गरेको स्थानीय […]

कोरोनाले समृद्धिको अभियानमा अवरोध पु¥याएको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) ले नेपालको समृद्धिको अभियानमा अवरोध पु¥याएको बताउनु भएको छ । । तिहारको शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र नभइ मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पु¥याएको बताउनुभयो । उहाँले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले […]

संघ र प्रदेशबीच अधिकारका कतिपय विषयमा अझै विवाद

देशले संघीय शासन व्यवस्था अपनाएको ५ बर्ष पूरा भएपनि जिल्ला तहका संरचना र प्रदेशको अधिकारभित्रका कतिपय विषय अझै विवादित छन् । जिल्ला प्रशासनदेखि वन र भूमि सम्बन्धी विषय संविधान अनुकूल परिभाषित गरी अधिकार बाँडफाँड गरिएको छैन । तर संघीयता कार्यान्वयनमा भइरहेको अलमलमा प्रमुख दल नै गम्भीर नदेखिएको स्थानीय शासनका जानकार डाक्टर खिमलाल देवकोटाको तर्क छ […]

कोरोना सङ्क्रमितको उपचारका क्रममा दुई चिकित्सकको निधन

कोरोना भाइरसको सङ्क्रमणका कारण दुईजना चिकित्सकको निधन भएको छ । कोरोना सङ्क्रमित बिरामीको उपचारका क्रममा कोभिड १९ सङक्रमण भएर दुई जना चिकित्सकको निधन भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिरामीहरुको उपचारका क्रममा कोरोना संक्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नारायणबहादुर थापाको निधन भएको हो ।डाक्टर सुनिल झा चिकित्साशास्त्र अध्ययन […]

अस्पताल निर्माणका लागि ३ सय ९६ स्थानीय तहलाई बजेट निकासा

अस्पताल निर्माणका लागि सरकारले ३ सय ९६ स्थानीय तहलाई बजेट निकासा गरेको छ । ३ सय ९६ वटै स्थानीय तहमा ५ देखि १५ शैयासम्मका अस्पताल एकैसाथ मंसिर १५ गते शिलान्यास गर्ने गरी रकम निकासा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नती गर्न जग्गा प्राप्ति तथा भवन निर्माणका लागि सबै […]