कोरोनाले समृद्धिको अभियानमा अवरोध पु¥याएको प्रधानमन्त्रीको दाबी

कोरोनाले समृद्धिको अभियानमा अवरोध पु¥याएको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) ले नेपालको समृद्धिको अभियानमा अवरोध पु¥याएको बताउनु भएको छ । । तिहारको शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र नभइ मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पु¥याएको बताउनुभयो । उहाँले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चालिरहेको र नागरिकको जीवनरक्षाका लागि सबै उपाय अपनाउने पतिवद्धता पनि जनाउनु भएको छ । प्रधानमन्त्री ओलीले सरकार संविधानको कार्यान्वयन गर्दै विकास र समृद्धिको दिशामा अग्रसर भएको बताउनु भयो । उहाँले सिङ्गो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको उल्लेख गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार