अस्पताल निर्माणका लागि ३ सय ९६ स्थानीय तहलाई बजेट निकासा

अस्पताल निर्माणका लागि ३ सय ९६ स्थानीय तहलाई बजेट निकासा

अस्पताल निर्माणका लागि सरकारले ३ सय ९६ स्थानीय तहलाई बजेट निकासा गरेको छ । ३ सय ९६ वटै स्थानीय तहमा ५ देखि १५ शैयासम्मका अस्पताल एकैसाथ मंसिर १५ गते शिलान्यास गर्ने गरी रकम निकासा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नती गर्न जग्गा प्राप्ति तथा भवन निर्माणका लागि सबै स्थानीय तहलाई अर्थ मन्त्रालयमार्फत रकम निकासा भएको मन्त्रालयका सहसचिव एवम्नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर गुणराज लोहनीले बताउनुभयो । मन्त्रालयले सरकारले स्वीकृत गरेको आधारभूत अस्पताल भवन निर्माण सम्बन्धी निर्देशिका २०७७, स्वास्थ्य भवन पूर्वाधारको डिजाईन तथा निर्माण सम्बन्धि निर्देशिका, २०७३ पहिलो संशोधन २०७७ पनि परिपत्र गरिसकेको जनाएको छ । मन्त्रालयले प्रचलित कानून, स्वीकृत मापदण्डा, निर्देशिका र राष्ट्रिय भवन संहिता बमोजिम अस्पताल निर्माणको कार्य प्रकृया सुरु गर्न र त्यसको जानकारी पनि समयमै मन्त्रालयमा पठाउन सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार