कोरोना सङ्क्रमितको उपचारका क्रममा दुई चिकित्सकको निधन

कोरोना सङ्क्रमितको उपचारका क्रममा दुई चिकित्सकको निधन

कोरोना भाइरसको सङ्क्रमणका कारण दुईजना चिकित्सकको निधन भएको छ । कोरोना सङ्क्रमित बिरामीको उपचारका क्रममा कोभिड १९ सङक्रमण भएर दुई जना चिकित्सकको निधन भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिरामीहरुको उपचारका क्रममा कोरोना संक्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नारायणबहादुर थापाको निधन भएको हो ।डाक्टर सुनिल झा चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक समेत हुनुहुन्थ्यो । यस्तै डाक्टर थापा नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष हुनुहुन्थ्यो । डाक्टर झाको सोमबार बिहान र डाक्टर थापाको आइतबार राति निधन भएको मन्त्रालयले जनाएको छ । हिजो मन्त्रालयको तर्फबाट सहप्रवक्ता डाक्टर समिर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै चिकित्सकहरुको निधनबाट देशलाई ठूलो क्षति पुगेको भन्दै समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार