रामेछापमा १८७ जना सङ्क्रमितले जिते कोरोना, ३ जना आईसोलेसनमा

रामेछापमा १८७ जना सङ्क्रमितले जिते कोरोना, ३ जना आईसोलेसनमा

रामेछापका १८७ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेका छन् । आज मन्थली नगरपालिका घर भएका ३ जना महिला र ५ जना पुरुष कोरोना संक्रमण मुक्त भएका छन । यो सँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १८७ जना पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जिल्लाबाटै स्वाब पठाइएका हालसम्म १९० जनामा कोरोना सङ्क्रमन भएकोमा १८७ जना कोरोनामुक्त भएर डिस्चार्ज भैसकेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जिल्लामा ३ जना कोरोनाका सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहेको छ ।

अहिले मन्थली नगरपालिकामा १ जना र प्राथमिक स्वास्थ्य केन्द्रमा दुईजना सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहेको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा दुईहजार ३ सय ३४ जनाको स्वाब परीक्षण गरिएको छ । यसमध्ये दुईहजार १ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालयका अनुसार रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने २४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना नियन्त्रण, व्यवस्थापन र उपचारका लागि जिल्लामा ४९० शैय्याको क्वारेण्टाइन र १०८ शैय्याको आइसोलेशन निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार