रामेछापका ३६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछापका ३६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका ३६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । मन्थली नगरपालिकाका ३४ र जिल्ला अस्पतालबाट २ जना गरी ३६ जनाको स्वाब पिसिआर परीक्षणका लागी संकलन गरी पठाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म दुईहजार ३ सय ७० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ४४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १९० जनामध्ये १८७ जनाले कोरोना भाईरसलाई जितेका छन भने ३ जना संक्रमितको आईसोलेसनमा उपचार भईरहेको छ । हालसम्म जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ९० जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका २ सय ५३ जनामा गरी ४ सय ४३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लाको कुनै पनि स्थानिय तहमा कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । कोरोना नियन्त्रण, व्यवस्थापन र उपचारका लागि जिल्लामा ४९० शैय्याको क्वारेण्टाइन र १०८ शैय्याको आइसोलेशन निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार