रामेछापमा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लाका स्वास्थ्यकर्मी र केही कर्मचारी सहित चार जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार जिल्लाबाट विहीबार स्वाब पठाईका मन्थली नगरपालिकाका २९ जना र जिल्ला अस्पतालका दुईजना मध्ये चार जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसअनुसार कोरोना संक्रमित हुनेहरुमा ३९ वर्षका पुरुष स्वाथ्यकर्मी, नेपाल बिद्युत प्राधिकरण मन्थलीमा कार्यरत २४ वर्षका पुरुष कर्मचारी ,नेपाल टेलिकममा कार्यरत ४९ वर्षका पुरुष कर्मचारी र मन्थली नगरपालिका वडा नं १३ की ४९ वर्षीया महिला शिक्षक रहेका छन । संक्रमितहरु सबै होम आईसोलेसनमा बसेका छन । यो सङ्गै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १९४ पुगेको छ । १८७ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार