जनताले गाउँमै सिंहदरबार आएको अनुभव गरेका छन् : रामेछाप नगपालिका प्रमुख नर ब थापा मगर
https://www.youtube.com/watch?v=nDxMcU7Gvfo&t=14s
https://www.youtube.com/watch?v=nDxMcU7Gvfo&t=14s
रामेछापमा आज बोलेरो जीप दुर्घटना भएको छ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बोलेरो जीप रामेछापमा दुर्घटना भएको हो । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । बोलेरो जीप मन्थली नगरपालिका ६ कुनौरी नजिकैको भीरबाट खसेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठका अनुसार प्रदेश नम्बर […]
रामेछापको प्रमुख जिल्ला अधिकारीमा दिपक कुमार पहाडी आउनुहुनुभएकोृ छ् । मंगलबार रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु सत्य निरुपण तथा मेलमिलाप आयोगमा तानिएपछि रामेछापको सीडीओमा पहाडीलाई पठाईएको हो । गृह मन्त्रालयले पहाडीलाई काज सरुवा गर्दै रामेछाप पठाएको हो । पहाडी मंगलबार मात्रै भूमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतबाट गृह अन्तर्गत सरुवा भएका थिए । […]
अहिले धान गोडमेल पछि मल हाल्ने समय भएपनि किसानले मल पाउन सकेका छैनन् । सरकारले भने माग अनुसारको पूर्तीका लागि आवश्यक बजेट अभाव भएको बताउने गरेको छ । माग अनुसारको परिपुर्तिका लागि मल आपुर्ती नहुदा किसानले सधैँ मलको अभाब झेल्ने गरेका छन् । हाल ५० प्रतिशत किसानलाई पुग्ने खाद्य मल मात्रै आयात भएको कृषि सामग्री […]
प्रतिनिधिसभाले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक टुङ्गो लगाउन नसकेपछि इतिहासमै पहिलो पटक सरकारी खर्च गर्ने बाटो बन्द भएको छ । सरकारले उद्योगी, व्यवसायी तथा आम नागरिकबाट कर संकलन गर्नेछ तर त्यो रकम आजबाट विकास निर्माण वा आम नागरिकको हितमा खर्च गर्न पाउने छैन । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट हिजोसम्म […]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आज देखि सुरू गर्न लागेको छ ।कोरोना भाइरस महामारीका कारण यसअगाडि पटकपटक स्थगित भएको परिक्षा आजबाट सुरु हुन लागेको हो ।अधिकांश विद्यार्थीहरूले कोरोना विरूद्ध खोप लगाएपछि परीक्षा हुन लागेको हो । प्रवेश पत्रका आधारमा सरकारले विद्यार्थीलाई कोरोना खोप लगाएको थियो ।परीक्षा असोज ८ गते सकिनेछ।यसपालि कक्षा १२ को […]
१२ औँ राष्ट्रिय जनगणना आजदेखि सुरु हुँदैछ । पहिलो चरणमा आजदेखि असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरणको काम हुने राष्ट्रिय तथ्याङ्गक विभागले जनाएको छ ।सूचीकरणका लागि ८ हजार ५ सय सुपरिवेक्षक खटिने छन् । सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।विभागका निर्देशक ढुण्डीराज लामिछानेले ७७ […]
प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजरातीदेखि सरकारी खर्च रोकिने भएको छ। संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ। अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भएको थियो । बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्थाअनुसार आज राति देखि विद्येयक पारित गर्ने […]
आज राष्ट्रिय बाल दिवस । ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ रामेछपमा पनि विभिन्न कार्यक्रम गरी ५७ औं राष्ट्रिय बाल दिवस मनाइएको छ । जिल्लाको ८ वडा स्थानिय तहहरुले विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएका छन । यसैगरी जिल्लाका विभिन्न विद्याययहरुले पनि विभिन्न कार्यक्रम गरी दिवस मनाएको […]
५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा रामेछाप नगरपालिकामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी दिवस मनाइएको छ । बालबालिकालाई कोरोनाले पारेको प्रभाव शिर्षकमा वक्तृत्वकला प्रतियोगिता सन्चालन गरिएको थियो । नगरपालिकाका ८ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाएको प्रतियोगितामा कालिकादेवी मावि देउरालीका छात्र आयुष रोका प्रथम हुन सफल भएका छन । उनले प्रतियोगितामा प्रथम हुँदै […]