चैत १७ गतेबाट सुरु हुने एसइई परीक्षामा रामेछापबाट ३ हजार बढी विद्यार्थी सहभागी हुने

यही चैत महिनाको १७ गतेदेखि २९ गते सम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा रामेछापबाट यो वर्ष ३ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तहमा रहेको ९६ वटा माध्यमिक विद्यालयका ३ हजार २३१ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुन लागेका हुन् । […]

जिल्ला अस्पताल रामेछापमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु

जिल्ला अस्पताल रामेछापमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गरिएको छ । कार्यक्रम अन्तर्गत जिल्ला अस्पतालमा नसर्ने रोगसम्बन्धी जाँच निःशुल्क गरिने जनाइएको छ । अस्पतालमा चिकित्सकद्वारा नसर्ने रोगसम्बन्धी इतिहास र शारीरिक जाँच, दम–खोकीको क्याट टेस्ट, तौल, उचाइ र पेटको मोटाइ, श्वासप्रश्वास, रक्तचाप नाप, मधुमेह तथा महिलाका लागि ‘भीआइए’को निःशुल्क परीक्षण गरिनेछ । कार्यक्रममा पिसाब, दिसा, रगत, […]

रामेछापमा स्ववियु निर्वाचनमा कार्की र भट्टराईको टक्कर,कस्ले मार्ला बाजी ?

यहि चैत्र ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादी पार्टी निकट (अनेरास्ववियू) विद्यार्थी संगठनले अभिनाश कार्कीलाई सभापतिमा उठाएको हो । त्यस्तै गरी नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट पुष्कर भट्टराईले उम्मेदवारी दिनुभएको हो । संयुक्त गठबन्धन […]

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनको प्यानल विजयी

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनको प्यानलै विजयी भएको छ ।नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नवीन थापा मगरको टिम नै विजयी भएको हो । अध्यक्षमा निर्वाचित थापामगरले ६७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले निकट व्यवसायी नवराज ढुङ्गेलले ५३९ मत मात्रै पाएका छन् ।यस्तै वरिष्ठ उपाध्यक्षमा सुमिका […]

रामेछाप गोठगाउँको जंगलमा भिषण आगलागी,बस्ती जोखिममा,जंगल सखाप

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँको जंगलमा भिषण आगलागी भएको छ । बिहिबारदेखी गैरीखोप रानी बनमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको वडा सदस्य सृजना श्रेष्ठले जानकारी दिनुभयो । बस्ती नजिकैको जंगलमा आगो लागेकाले रातभर जाग्राम बसेर बस्तीलाई भने जोगाउन सफल भएको उहाँले बताउनुभयो । नेपाली सेना र स्थानियले आगो नियन्त्रणमा लिने प्रयास […]

चम्पादेवी अध्यक्षकप भलिबल प्रतियोगितामा गोकुलगंगा गाउँपालिका तेश्रो हुन सफल

चम्पादेवी गाउँपालिका ओखलढुंगामा सम्पन्न प्रथम अध्यक्षकप भलिवल प्रतियोगितामा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका तेश्रो र ओखलढुंगाको लिखु तामाकोशी गाउँपालिका सान्त्वना हुन सफल भएको छ । प्रतियोगितामा तेश्रो भएको गोकुलगंगा गाउँपालिकाले एक लाख र सान्त्वना भएको लिखु गाउँपालिकाले ४० हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको हो । प्रतियोगितामा चिशंखुगढी गाउँपालिका ओखलढुंगाले आयोजक […]

मन्थली नगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

रामेछाप जिल्लाको लिखु तामाकोशी गाँउपालिकाको वडा नं–२ स्थित सिरिसेमा शुक्रबार सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ । ३ दिन सम्म चलेको प्रतियोगितामा जिल्लाका ८ वटै पालिकाका खेलाडिहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा रामेछाप नगरपालिका दोश्रो भएको छ । खाँडादेवी गाँउपालिकाले प्रतियोगितामा तृतिय स्थान हासिल गरेको होे । राष्ट्रपति रनिङ […]

रामेछाप कारागारमा क्षमता भन्दा दोब्बर कैदीवन्दी

जिल्ला कारागार रामेछापमा क्षमता भन्दा दोब्बर कैदी बन्दी राखिएको पाइएको छ । जिल्लाको पुरानो सदरमुकाम रामेछाप डाँडास्थित जिल्ला कारागारमा १ सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएपनि त्यसको दोब्बर कैदीबन्दी राखिएको छ । लामो समयदेखि फरार रहेका दोषी ठहरिएकाहरु पछिल्लो समय धमाधम पक्राउ पर्न थालेपछि जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको कारागार प्रमुख रूपलाल […]

जनकल्याण मावि च्यास्कुको नवनिर्मित विद्यालय भवन उद्धघाटन

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ मा रहेको जनकल्याण मावि च्यास्कुको नवनिर्मित विद्यालय भवनको उद्धघाटन गरिएको छ । बाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाले उक्त भवनको उद्धघाटन गर्नुभएको हो । सोही कार्यक्रममा बोल्दै उहाँले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्नको लागी सबै लाग्नुपर्ने बताउनुभयो । हरेक सामुदायिक विद्यालयको अवस्था आफुलाई जानकारी भएको बताउँदै उहाँले विद्यालय […]

विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सबै लाग्नुपर्छ : मन्त्री युवराज दुलाल

बाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्नको लागी सबै लाग्नुपर्ने बताउनुभयो । रामेछाप नगरपालिका वडा नं ६ मा रहेको जनकल्याण मावि च्यास्कुको नवनिर्मित विद्यालय भवनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हरेक सामुदायिक विद्यालयको अवस्था आफुलाई जानकारी भएको बताउँदै विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न बाग्मती प्रदेश सरकारले धेरै कार्यक्रमहरु अगाडी बढाएको […]