चम्पादेवी अध्यक्षकप भलिबल प्रतियोगितामा गोकुलगंगा गाउँपालिका तेश्रो हुन सफल

चम्पादेवी अध्यक्षकप भलिबल प्रतियोगितामा गोकुलगंगा गाउँपालिका तेश्रो हुन सफल

चम्पादेवी गाउँपालिका ओखलढुंगामा सम्पन्न प्रथम अध्यक्षकप भलिवल प्रतियोगितामा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका तेश्रो र ओखलढुंगाको लिखु तामाकोशी गाउँपालिका सान्त्वना हुन सफल भएको छ ।

प्रतियोगितामा तेश्रो भएको गोकुलगंगा गाउँपालिकाले एक लाख र सान्त्वना भएको लिखु गाउँपालिकाले ४० हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको हो ।

प्रतियोगितामा चिशंखुगढी गाउँपालिका ओखलढुंगाले आयोजक चम्पादेवी गाउँपालिकालाई हराउदै उपाधी जितेको हो । प्रथम उपाधी विजेता चिशंखुगढी गाउँपालिकाले नगद दुई लाख सहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ । दोश्रो भएको चम्पादेवीले एक लाख ५० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार