रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनको प्यानल विजयी

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनको प्यानल विजयी

रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनको प्यानलै विजयी भएको छ ।नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नवीन थापा मगरको टिम नै विजयी भएको हो ।

अध्यक्षमा निर्वाचित थापामगरले ६७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले निकट व्यवसायी नवराज ढुङ्गेलले ५३९ मत मात्रै पाएका छन् ।यस्तै वरिष्ठ उपाध्यक्षमा सुमिका श्रेष्ठलाई पराजित गर्दै प्रकाश कुमार श्रेष्ठ निर्वाचित भएका छन् । प्रकाशले ६४१ मत पाउँदा प्रतिद्वन्द्वी सुमिकाले ५६२ मत मात्रै पाएकी छन् ।

यस्तै वाणिज्य उपाध्यक्षमा गठबन्धनबाटै राम सुदिश साह सोनार (सुदिश), उद्योग उपाध्यक्षमा आकाश रिजाल महासचिवमा कुमार श्रेष्ठ निर्वाचित निर्वाचित भएका छन् । यस्तै सचिवमा गठबन्धनकै यज्ञप्रसास सुवेदी कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम), आजिवन सदस्यमा प्रमोदकुमार श्रेष्ठ र महिला सदस्यमा जया सुवेदी निर्वाचित भएका छन् ।

खुल्ला सदस्यमा पनि गठबन्धनकै अर्विनकुमार श्रेष्ठ, राजु श्रेष्ठ (विजय), वासुदेव फुयाँल, श्यामकुमार श्रेष्ठ र हरेराम क्षेत्री निर्वाचित भएका छन् । हिजो संघको निर्वाचनमा कूल १३ सय ८७ मतमा कूल १२ सय ५३ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार