रामेछाप गोठगाउँको जंगलमा भिषण आगलागी,बस्ती जोखिममा,जंगल सखाप

रामेछाप गोठगाउँको जंगलमा भिषण आगलागी,बस्ती जोखिममा,जंगल सखाप

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँको जंगलमा भिषण आगलागी भएको छ । बिहिबारदेखी गैरीखोप रानी बनमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको वडा सदस्य सृजना श्रेष्ठले जानकारी दिनुभयो ।

बस्ती नजिकैको जंगलमा आगो लागेकाले रातभर जाग्राम बसेर बस्तीलाई भने जोगाउन सफल भएको उहाँले बताउनुभयो । नेपाली सेना र स्थानियले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको भएपनि नियन्त्रणमा नआएको वडासदस्य श्रेष्ठले बताउनुभयो । बिहिबारदेखी लागेको आगोले त्यहाँको जंगल सखाप भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार