कान्छाराम तामाङलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई जिल्ला सभापतिबाट निलम्बन गरेको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले उनलाई जिल्ला सभापतिको पदमा बसेर कामकाज गर्न नपाउनेगरी निलम्बन गर्ने निर्णय गरेको हो ।  कान्छाराम रामेछाप जिल्ला सभापति थिए ।

रामेछापको लिखु तामाकोशी – २ सैपुको वडा कार्यालय भवनको उद्घाटन

रामेछापको लिखु तामाकोशी – २ सैपुको वडा कार्यालय भवनको उद्घाटन भएको छ। वडाको भवन निर्माण सम्पन्न भइसकेकाले लिखु तामाकोशीका अध्यक्ष केशव महत, उपाध्यक्ष दीपा पाख्रिन लगायतले उद्घाटन गरेको वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए। संघीय संरचना अनुसार स्थानीय तह बनेपछि यसअघि नमुनादीप युवा क्लबको सामुदायिक सूचना केन्द्रबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो। अघिल्लो कार्यकालमा […]

रामेछापमा राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा विविध कार्यक्रम

राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८३ को अवसरमा रामेछापमा विभिन्न कार्यक्रम गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल रामेछाप शाखाले विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । दिवसको अवसर पारेर संस्थाको प्रथम साधारण सभा,रामेछाप जिल्लामा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी गरिएको हो । साथै संस्थाको २०८३ सालको भित्तेपात्रो समेत सार्वजनिक गरिएको हो […]

प्रगति सार्वजनिक गर्दै जनस्वास्थ्य कार्यालय रामेछापद्वारा पत्रकारसँग अन्तरक्रिया

जनस्वास्थ्य कार्यालय रामेछापले चालु आर्थिक वर्षको हालसम्म अर्थात यो ९ महिनामा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति विवरण सार्वजनिक गर्दै पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले जिल्लाभर सञ्चालन गरिएका विभिन्न स्वास्थ्य सेवा तथा जनचेतनामूलक कार्यक्रमहरूको प्रगति समीक्षा गर्दै उपलब्धि, चुनौती र आगामी योजनाबारे जानकारी गराएको हो। कार्यक्रममा मातृ तथा शिशु स्वास्थ्य, खोप सेवा, पोषण, […]

सैन्य आधार तालिमबाट १ सय ३२ जना सैनिकहरू दीक्षित

नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरअन्तर्गत रामेछापको खड्ग दल गणमा सञ्चालित सिसं ५ सैन्य आधार तालिमबाट १ सय ३२ जना सैनिक जवान दीक्षित भएका छन् । आज सैन्य आधारभूत तालिमको समापनसँगै अन्तिम दलेल कवाज प्रदर्शन गरिएको हो । दलेल कवाजको पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी भुवन खत्रीसहित उच्च सैनिक अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिहरूले […]

रामेछापका स्थानिय तहले कति पाउँदै छन अनुदान ?

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि स्थानीय तहलाई ९० अर्ब २० लाख ४६ हजार रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ। स्थानीय तहतर्फ समानीकरण अनुदानमा न्यूनतम ३० अर्ब ८३ करोड, सुत्रमा आधारित ५५ अर्ब ७६ करोड ७७ लाख र कार्यसम्पादनमा आधारित तीन अर्ब ६० करोड ६९ लाख गरी ९० […]

रामेछापको टुँडिखेलमा भव्यताका साथ सकियो भूतपूर्व सैनिक सम्मेलन

नेपाली सेनाको मध्यपूर्वी पृतना अन्तर्गतका हिमाली र पहाडी जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा एकल महिलाहरूको सहभागितामा ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ को अन्तिम चरण रामेछापमा सम्पन्न भएको छ । ‘सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनको मुख्य केन्द्र रामेछापको खड्गदल गणमा बलाधिकृत रथी प्रदिपजंग केसीले नेतृत्व गर्नुभएको थियो । […]

डा. कृष्णहरि बुढाथोकी अर्थ समितिको सभापतिमा चयन

प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापवाट निर्वाचित डाक्टर कृष्णहरि बुढाथोकी संसदको अर्थ समितिको सभापति बन्दै हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले सांसद बुढाथोकीलाई अर्थ समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । रास्वपाले बिषय विज्ञताका आधारमा बुढाथोकीलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।यो निर्णयसँगै रास्वपाको करिव दुई तिहाई बहुमत रहेको प्रतिनिधिसभाको अर्थ […]

नयाँ बर्षका लागि – कविता

नयाँ बर्षले मेराे माैनतालाई कतैबाट घाेच्छ अघिल्तिर देखिएका रित्ता र खाेक्रा युगहरु हामीले भाेग्याै हामीले देख्यौं सायद हामीले गीत गायाैँ एउटा लयदार संगीत एउटा अर्थपूर्ण मुस्कान नयाँ बर्षका लागि अब चुपचाप सहनु छ बुद्ध र क्राइष्टकाे आँखामा आदिम अनुहार झै। आस्थाका सड्दै गइरहेको अवयव पुरातन् चिन्तनहरुलाई अब बहिष्कार गर्नुछ फूलकाे मुस्कान चाेरेर भए पनि हामी […]

काँग्रेसको जरा अभियान बैशाख १ देखि सुरु हुने

नेपाली काँग्रेसले “उत्साह र विश्वासको नयाँ अभियान” नारासहित “जरा अभियान–२०८३” आगामी बैशाख १ गतेदेखि सुरु गर्ने भएको छ। एक महिना सञ्चालन हुने उक्त अभियानमार्फत पार्टीले राष्ट्रिय सन्दर्भमा आफ्नो सोच र सन्देश प्रवाह गर्नुका साथै स्थानीय तहसम्म संगठन सुदृढीकरण र सक्रिय सदस्यता अध्यावधिक गर्ने लक्ष्य लिएको छ। पार्टीका पूर्व केन्द्रीय सदस्य तथा “जरा अभियान–२०८३” का रामेछापका […]