रामेछापको टार गाउँमा भिषण आगलागी,धेरै घरहरु जलेको अनुमान

रामेछापको रामेछाप नगरपालिका वडा नं ९ टार गाउँमा भिषण आगलागी भएको छ । बस्ती नजिकैको जंगलबाट गाउँमा प्रवेश गरेको आगोले धेरै घरहरु जलेर नष्ट भएको हुन सक्ने वडाअध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“हामी भर्खरै घटनास्थल पुगेका छौँ । घटनास्थल हेर्दा आगलागीबाट १० वटा भन्दा बढी घर जलेर नष्ट भएको हुन सक्ने अनुमान छ […]

स्नेहा र श्रृष्टिले खुत्रुकेमा जम्मा गरिएको रकमबाट सडक मानवलाई भोजन

संयुक्त राज्य अमेरिका बस्दै आउनुभएका समाजसेवी अन्जना जोशी एवम् श्रवण श्रेष्ठका दुई छोरीहरु स्नेहा र श्रृष्टिले अनावश्यक खर्च कटौती गरेर खुत्रुकेमा जम्मा गरिएको नेपाली दश हजार रकम सयौंको संख्यामा काठमाडौका विभिन्न सडकपेटी, पुलमूनी र ढलको पाइपभित्र भोक भोक रात बस्न बाध्य भएका गरीब, दुःखी, वृद्ध, शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिहरुलाई खाना खुवाउन सहयोग गरेका […]

काठमाडौंमा‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’हुँदै

रामेछाप–काठमाडौं पत्रकार समाजले काठमाडौंमा फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ। रामेछापबाट काठमाडौं उपत्यकामा आएर विभिन्न पेशा/व्यवसायमा संलग्न तथा संघ संस्थामा आबद्ध जिल्लाबासीहरुलाई लक्षित गरी चैत १० गते शनिबारदेखि‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’गर्न लागेको संस्थाका महासचिव प्रज्वल पौडेलले जानकारी दिनुभयो । उनका अनुसार अपअन स्पोर्टस् सेन्टर बालुवाखानी कपनमा हुने प्रतियोगितामा व्यक्तिगत एवं संस्थागत रुपमा रामेछाप जिल्लाबासीले […]

नाक,कान,घाँटी,नशा तथा मानसिक रोगका एक सय बढी बिरामीले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा बुधबार भएको नाक,कान,घाँटी,नशा तथा मानसिक रोग शिविरमा एक सय बढीले सेवा लिएका छन । “अस्पातलमा मानसिक स्वास्थ्य सन्चालन तथा सुद्रिढिकरण“ कार्यक्रम अन्तर्गत शिविर संचालन गरिएको अस्पतालका सूचना अधिकारी रविन्द्र चौधरीले जानकारी दिनुभयो । शिविरमा नाक,कान,घाँटी,नशा तथा मानसिक रोगका विरामीहरुले सेवा लिएको उहाँले बताउनुभयो । जिल्ला अस्पतालमा प्रत्येक महिनाको अन्तिम बुधबार बिशेषज्ञ डाक्टरसँग […]

रामेछापमा छुट्टाछुट्टै घटनामा दुई पुरुषको मृत्यु

रामेछापमा छुट्टा छुट्टै घटनामा परी दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा एक युवक र एक वृद्ध रहेका छन । मामा घरबाट फर्किँदै गर्दा भीरबाट लडेर जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा एक युवकको ज्यान गएको हो । ज्यान गुमाउनेमा सोही पालिकाको वडा नं ७ लखनपुरका नेत्रबहादुर घतानीका २२ वर्षीय छोरा विशाल घतानी रहेका छन् । […]

रामेछाप नगरपालिकामा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा तालिका सार्वजनिक

रामेछापको रामेछाप नगरपालिकाले नगरपालिका भित्रका सबै विद्यालयको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । यहि चैत्र २ गतेबाट कक्षा १ देखी कक्षा ९ सम्मको वार्षिक परीक्षा संचालन हुने नगरपालिकाले एक सूचना मार्फत जानकारी दिएको छ । नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर कार्कीले हस्ताक्षर गर्नुभएको सुचनामा बिहान १० बजेदेखी परीक्षा संचालन हुने बताइएको छ […]

मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन कार्यालय रामेछापको अनुरोध

रामेछापमा मतदाता नामावली विवरण अध्यावधिक सुरु गरिएको छ । आगामी २०८१ वैशााख १५ गतेका लागि तय भएको उपनिर्वाचनका लागि वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरूले मतदाता नामावलीमा नाम दर्ता गराउनुपर्नेछ । अन्तिम मतदाता नामावली तयार गर्न सबै निर्वाचन कार्यालयबाट सङ्कलित नामावलीको अद्यावधिक तथा दावी विरोधको प्रक्रिया सुरु गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको […]

रामेछापको सुकाजोरमा मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस

‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मुल नाराका साथ ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । वडा कार्यालयको आयोजना र सकृय सुकाजोर महिला संजालको सहजीकरणमा भएको कार्यक्रममा जनचेतनामूलक गित तथा कविता वाचन,हाँडी फुटाउने खेल,मिउजिकल चियर,सडक नाटक जस्ता कार्यक्रमहरु […]

अपाङ्गता भएका व्यक्तिहरुका लागी ५ दिने बाटेको धुप बनाउने तालिम सुरु

रामेछापमा अपाङ्गता भएका व्यक्तिहरुका लागी ५ दिने बाटेको धुप बनाउने तालिम बिहिबार(आज) देखी सुरु भएको छ । रामेछाप नगरपालिका वडा नं ७,८ र ९ का अपाङ्गता भएका व्यक्तिहरुका लागी तालिम संचालन गरिएको हो । अपाङ्ग सचेतना सेवा केन्द्र रामेछापको आयोजना र समाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौँको सहयोगमा तालिम संचालन गरिएको हो । तालिमको उद्धघाटन […]

रामेछाप नगरपालिकामा पीपीआर विरुद्धको खोप अभियान जारी

रामेछापको रामेछाप नगरपालिकामा बाख्रालाई लाग्ने पीपीआर रोगविरुद्धको खोप अभियान चलिरहेको छ । पीपीआर नियन्त्रण तथा रोकथामका लागि सो खोप अभियान संचालन गरिएको नगरपालिकाका पशु स्वास्थ्य अधिकृत काजी शेर्पाले जानकारी दिनुभयो । ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता परिचालन गरी अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । पीपीआर बाख्रामा लाग्ने एक खालको हैजा हो । यो रोग लागेपछि बाख्रालाई […]