–विनोदकुमार श्रेष्ठ , रामेछाप ।
झल्यास् विउझिएँ । ‘आइ लभ यू…..’ उनको शब्द कानमा गुञ्जिहाल्यो । मन छट्पटियो, अनायासै । निदाउँन खोजे, मरिगए सकिनँ । उनले बोलेका, लेखेका शब्दहरु रिल बनेर आँखा अघि घुम्यो, अनि चस्क्यो मुटु । ‘जिन्दगी हार नै त हो नि, जित त क्षणिक रहेछ,’ छटपटिएको मन सम्हालेँ तर दिमागमा उनी निकै छाइन् ।
हुनत ः औपचारिक रुममा उनी अरूकै हुन् । पोते, चुरा, सिन्दुर अरूकै लगाउछिन् । ब्रत पनि अरूकै नाम जपेर बस्छिन् । जव उनले फेसबुक प्रोफाइलमा उनी र उनको श्रीमानसँग बसेको फोटो अपलोड गर्दै लेख्छिन् – ‘माइ हिरो एण्ड मी,’ यतिखेर मन अनायासै खै के के हुन्छ के के ।
यही फेसबुकमा हो, उनलाई र मलाई भेटाउने । चिनजान गराउने, सपना बुनाउने । उनले प्रष्ट भनेकै हुन् – मेरो श्रीमान् र छोराछोरी छन् भनेर । तर खै के भो के, उनी र म निकै नजिकियौँ । दुई शरीर एक बनाउने बाचा गर्यौ । भेट्ने ठाउ र समय मिलायौँ ।
निद्रा नलागेपछि मोबाइल निकालेँ । फेसबुक खोलेँ । उनको प्रोफाइल हेरेँ । उनका श्रीमान् छोराछोरीले मुस्कान दिएर हेरिरह्यो मलाई । म आफैमा स्वार्थ भेटेँ । आफैप्रति रिस उठ्यो । के गरौँ के गरौँ भयो । जाउँ कि नजाउ दोधारियो मन । दया जाग्यो आफैँप्रति । ‘त महान् गल्ती गदैछस्,’ मनले एकोहोरो भनिरह्यो । के मैले गल्ती नै गरेँ ? सोच्न बाध्य बनायो मलाई ।
निकै घोरिएँ । दिमागले अनेक तर्कना गर्याे । तर्कनाकै बीच मलाई मेरो मनले भनिरह्यो – ‘उनलाई अनफ्रेण्ड गर ।’ अनफ्रेण्ड गराँै कि ब्लक, गुनासो गर्ली फेरि फोनमा, भेटमा ।
न अनफ्रेण्ड गर्न नै सके न ब्लक । बरु आफ्नै फेसबुक डियक्टिभेट गर्ने निर्णय गरेँ । सदर पनि ग¥यो मनले । तिन आत्माको सराप लिनुको साटो एक आत्मा कै लिन उचित सम्झे । र उनी देखि भागे टाढा…..टाढा…. ।