नेपाली कांग्रेसको सिन्धुली गोलन्जोर गाउँपालिका २ को सभापतिमा हिमाल बहादुर मगर सर्वसम्मत चयन हुनुभएको छ। लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहँदै आएका मगर वडा सभापतिमा चयन भएका हुन ।
कुमारी माया थापा मगर र सुरेन्द्र हमाल उपसभापतिमा चयन भएका छन । यकेन्द्र थापा मगर सचिव,बलराम राना मगर कोषाध्यक्ष र सुरथ बहादुर बस्नेत सहसचिवमा चयन भएका हुन ।
नेपाली कांग्रेसका कृयाशिल कार्यकर्ताहरूको सहभागितामा सम्पन्न अधिवेशनबाट वडा कार्यसमिति सर्वसम्मत चयन गरिएको जनाइएको छ।
नवनिर्वाचित पदाधिकारीहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ताबीच एकता, सहकार्य र सक्रियता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


