नेपाली कांग्रेस रामेछाप नगरपालिका–२ नं. वडा कार्यसमितिको सम्मेलनबाट नरबहादुर पुलामी (नवीन) मगर सभापतिमा सर्वसम्मत चयन भएका छन्।
सम्मेलनबाट वडा कार्यसमितिको उपसभापतिमा मिरा पौडेल खत्री र बिनोद कुमार खड्का, सचिवमा ओमबहादुर खत्री तथा सह–सचिवमा गोकर्ण रोका चयन भएका छन्। यस्तै, सम्मेलनबाट अन्य सदस्यहरू समेत चयन गरिएको जनाइएको छ।
नवनिर्वाचित सभापति पुलामी मगरसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
नवनिर्वाचित कार्यसमितिले वडा तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै स्थानीयस्तरमा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।


