सिन्धुलीमा टाटा सुमोले ठक्कर दिँदा रामेछापका मोटरसाईकल चालक बर्देवाको मृत्यु

घाइतेको अस्पतालमा उपचार हुँदै

सिन्धुलीमा टाटा सुमोले ठक्कर दिँदा रामेछापका मोटरसाईकल चालक बर्देवाको मृत्यु

घाइतेको अस्पतालमा उपचार हुँदै

सिन्धुलीमा मोटसाइकललाई टाटा सुमोले ठक्कर दिदाँ रामेछापका एक जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो १ बजेको समयमा विपि राजमार्ग स्थित सुनकोशी गाउँपालिका १ दुम्जामा रामेछापबाट काठमाडौँ जादै गरेको मोटसाइकललाई विपरित दिशाबाट आउँदै गरेको टाटा सुमोले ठक्कर दिदाँ मोटसाइकल चालकको मुत्यृ भएको हो ।

काठमाडौँ तर्फ जादै गरेको बागमती ०२०३०प ८६५६ नम्बरको मोटसाइकललाई काठमाडौँबाट सिन्धुली तर्फ जादै गरेको ना १ ज ६२६४ नम्बरको टाटा सुमोले ठक्कर दिदाँ मोटसाइकल चालक रामेछाप मन्थलि नगरपालिका १३ फुलासीका ३५ वर्षिय रोशन बर्देवाको मृत्यु भएको हो ।

मोटसाइकल चालक बर्देवाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार बर्देवाको टाउँकोमा चोट लागेको थियो ।

यस्तै मोटसाइकल पछाडि सवार सोहि स्थानकी ३० वर्षिय मन्जु मगरको धुलीखेल अस्पतामा उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था भने मध्य छ । टाटा सुमो सहित चालकलाई नियन्त्रणमा लिएको डिएसपि लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार