रामेछापमा राति ८ बजेपछि देउसीभैलो खेल्न नपाइने

रामेछापमा राति ८ बजेपछि देउसीभैलो खेल्न नपाइने

जिल्ला प्रशासन कार्यालय रामेछापले तिहारमा राति ८ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले एक सूचना जारी गर्दै तिहारमा शान्ति सुरक्षा कायम गर्न राति देउसीभैलो र नाचगान कार्यक्रम नगर्न निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले कोभिड संक्रमण घट्दै गए पनि अझ जोखिम रहेकोले तिहार मनाउँदा,देउसी भैलो खेल्दा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न अनुरोध गर्नुभयो ।

प्रजिअ पहाडीका अनुसार तिहारमा देउसीभैलो, नाचगानलगायतका कार्य राति ८ बजेसम्म मात्र सभ्य एवम् शान्तिपूर्वक गर्न नागरीकहरुलाई आग्रह गर्नुभयो । पटका, आतिसवाजी जस्ता प्रज्वलनशील एवम् विष्पोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न रामेछाप प्रशासनले आग्रह गरेको छ ।

रमाईलो गर्ने बाहानामा मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा होहल्ला, झैं झगडा जस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै पनि कार्य नगर्न रामेछाप प्रशासनले नागरीकहरुलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार