छोडिएका साथि पनि एक दिन अवश्य भेटिन्छन

छोडिएका साथि पनि एक दिन अवश्य भेटिन्छन

म केही समय देखि रामेछापमा छु । पछिल्लो समयमा देश बिदेश घुमाई पछि सुरुवात गरेको ब्यवासाय । ब्यवासायीक पाछिको कोभिडले लथालिङ्ग पारेको आर्थिक अवस्थाले म मानसिक रोगी भैसकेको थिए । ठप्प बन्द । त्यो बन्द भित्र बैंकको किस्ता साथिभाइको चर्को ब्याज । म अन्योलमा थिए । मेरा उपाए कि ब्यवसाय छाडेर अन्तकतै कसैले नदेख्ने ठाउँ गएर लुक्ने कि आत्माहत्या गर्ने यस्तै धेरै सोचाइहरु थिए ।

जस्तो बच्चाले खेलौना माग्छ, एकछिनमा फेरि बिर्सिन्छ । म त्यस्तै भएको थिएँ । यसै बिचमा उमेरले दाइ तर मिल्ने अभिन्न साथी रामेछापका जय मानन्धर, बिपिन भट्टराई र अप्रील अधिकारीले म जटिल अवस्थामा रहेकोे थाहा पाउनुभयो । दैनिक फोन गर्ने लाग्छ, उहाहरु तिनै जना कुनै बिश्वबिधालयमा प्रोफेसर वा कुनै क्लिनिकमा परामर्श दिने काउन्सिलर भन्दा कम क्षेमताका छैनन ।

मलाई पनि काम गर्ने वातावरण तय सहित आफ्नो गृह जिल्ला रामेछाप आउने उत्प्रेरित गरे । सोच बनाए, केही दिनमा आए, मेरो काम ट्याक्सी चलाउने, मैले म ट्यासी ड्राइभर भनेर छुट्टै पहिचान बनाएको थिए । रामेछाप सानो ठाउँ ट्याक्सीको खासै बजार नभएकोले उपयुक्त ड्राइभिङ सिकाउने अनन्त निष्कर्ष निस्कियो ।
मैले मेरो बन्द अवस्थामा रहेको ड्राइभिङ सेन्टर भित्र रहेको उपयुक्त गाडी झिकेर रामेछाप हानिए । सोचे मेरो जिल्ला भए पनि पछिल्लो चरणमा बिरानो भैसकेको थियो । जादा म घर जाने आउने, केही चिनेका साथीहरू भन्दा बाहेक मेरा साथीहरूले थिएनन्।

कसैले मलाई प्रेम गरेर बोलाएका छ्न । जस्तो कि कुकुरलाई हड्डी देखाएर बोलाइन्छ, पछी, पछि लागेर हिड्छ मेरो अवस्था त्यस्तै भयो । चिनजान मात्र भेट पनि आक्कल झुक्कुल ।

टिम बनाए बापत मैले गाडी साथीहरूलाई सित्तैमा सिकाउनु पर्ने होला, कतिलाई कमिसन दिनुपर्ने इत्यादि कुरा सोच्दै मन्थली आएँ ।
माथिका मेरा सबै सोचाइ गलत साबित भए, मेरो लागि साथीहरूले ज्यान दिएर सयोग गरे । जुन कुरा म जिन्दगी भरी बिर्सिन सक्दिनँ । झन अप्रील अधिकारिले दिनभर चउर मै बसेर नयाँ ठाउँ नया मान्छे भनेर साथ दिए।

यसरी नै जिल्लाको बसाई छ । उता काठमाडौ लगाएत बाहिर हुने साथीहरू दैनिक फोन लगाएत सामाजिक संजालमा कहिले आउने काठमाडौ भन्नुहुन्छ। कहिलेकाही जान्छु केही साथीहरूलाई भेट्छु, फेरि केही रिसाउछन । उतै साथी भेटिस भन्छ्न, बचनले मर्ने गरि हिर्काउछ्न, सके फर्काउछु, नसके मुस्कुराउछु।
साथीहरू सँग बसिरहेको थिए । एक दिन नयाँ नम्बर बाट फोन आयो ।

हेल्लो! नमस्कार,
मैले नमस्कार फर्काए। म को हु?
यो प्रश्नले म तनाव भएँ । चिन्न गाह्रो भयो आवाज सुनेको हु, तर नाम ठम्याउन सकिन।
जसरी नि चिन्नुपर्ने दबाब आयो । भदौको दिन । झमझम पानी मन्थलीको गर्मी । बेलुकाको समय । म बिचित्र भए । उठेर पंखा खोले । अनुरोध गरे मैले चिनिन भन्नुस को हा तपाई ?
सुरिलो स्वार केटिमान्छे, स्वारमा मिठास । अलिकति माया अलिकति रोमान्टिक आवाज प्रष्ट थियो।

अझ परिचय आएन, कता हो, के गर्दै हो? आदि इत्यादि थुप्रै प्रश्न तेर्सिए । मैले जबाफ दिए म काठमाडौ छु भन्दिम कि जस्तो लागेको थियो । तर भनिन झुट बोल्नु हुँदैन भनेर।
म मन्थली छु । रातिको समय छ । सुत्ने तयारीमा छु। उसले म सुस्मिता हु भन्या आवाज निकाली, अन्यासमै म झुकिए, सुस्मिता दोलखाकि मेरो नजिकको साथी हो।
फेशबुक बाट चिनेर नक्सालमा सगै टिउसन पढेको । उ पद्मकन्या म आर आर बागबजार । आरधना क्याफे भेट्ने हाम्रो जक्सन ।

भेट्पछी मैले जिस्किदै अब डेटिङ जानुपर्छ भन्दिए । उसले मुस्कुराउदै हुन्छ ,साथीहरू सग जानुपर्छ । मलाई पनि डेटिङ जान मन्छ जबाफ आयो।
त्यस दिन देखि डेटिङ भन्ने शब्द सरल लागेको थियो। जिन्दगीमा धेरैलाई भने । आज यसैको परिणाम एउटा केटि साथिलाई गफको ताल मा यहि शब्द प्रयोग गर्दा, उ म बाट त टाढा भयो भयो तर अरुलाई नि खराव नियतको मान्छे परिचय दिन्छ।
उता फोनमा उसको नाम सुनेपछि सम्झना आयो। हाम्रो सम्पर्क नभएको झण्डै ७ बर्ष भएको थियो।

धेरैपछी सम्पर्क भएको बिचमा फेशबुकमा कुरा भएको थियो । कारण ठ्याक्कै पत्ता लागेन कुरा हुन किन छाड्यो। उ लण्डन जाने बेला म सग अलिकति सापटी लगेको पैसा पनि फिर्ता भएन । त्यो पैसाले मलाई कत्रो संकट पर्यो। इज्जत जोगाउन हम्मेहम्मे पर्यो। साथीहरू सग मागेर तिरे।

ओ! कता हरायौँ आवाज आयो। मैले झस्किएर भने, अँ कता हुनुहुन्छ? उसले भनी म तिम्रो मन्थलीमा छु । मलाई झन ठूलो आपत पर्यो ।
हतार हतार सोधे कहाँ नेर ? जबाफ देबकोटा चोकै छेउको होटलमा छु।
किन र के कामका लागि आएको ? यो प्रश्न सोधे । छोटो हासो पछि भेट्दैनौ र? जबाफ आयो।

अ भेट्छु भोलि बिहान ल? उसले भनी अहिले भेट्न मन्छ । मलाई तिम्रो डेरा लाजैदैनौँ ? म संकटमा परे । केटिसाथी एउटा कोठा लण्डन बाट आएकी, मेरो यो फोहोर कोठा । घर लैजाउ भने पानीले बाटो भत्किएको छ। म अन्योलमा परे र भने हुन्छ म आउछु नि! म दौडेर होटल गए । रातिको ८ बजेको छ । त्यो दिन मलाई मन न लागेर बेलुकाको खाना पनि खाएको छैन। होटल पुगे । राम्री केटि हाफ भेष्टमा चुरोट तान्दै गरेकी, मलाई चिन्न गाह्रो भएन।

उ जुरुक्क उठि र मलाई अँगालो मारि । केही आँसु झर्यो । मलाई डर कसैले देखेकी भन्ने हो। हतपत छुटिए, अनि टेबलमा बस्यौं ।
म रामेछापको मन्थलीमा छु भनेर फेशबुक बाट पत्ता लगाएर आएको भन्दा म छागा बाट खसे जस्तै भए। मलाई चुरोट सलकाउन अनुमती भयो । म कहिल्यै नखाने जानकारी गराए । उसले ओ पुरानै बोहरा अंकल जबाफ आयो।
मलाई ऊ लण्डनको नागरिक भएको कुराले खुशी तुल्यायो। तर दुखको कुरा उसको छाती क्यान्सर भएर सम्पर्क नभएको कुराले म दुखी भए ।

अन्यासमै मेरा आँखा बाट आँसु बगेछन । जसलाई आफुले मित्रता ठान्यो उसैले कुरा लुकाउने । म भने मेरो साथीहरू सग केही कुरा लुकाउन सक्दिन कि साथी नै बनाउदिन । म धेरै रोएँ । उ स्तब्ध भइ र भनी म लण्डन देखि तिमिलाई भेट्न आएको मेरा कोहि छैनन्। म आज बिहान ७ बजे झरेको २ बजे गाडीमा यहाँ आएको हुँ ।

अनि किन मलाई नभनेको त मैले सोधे ?
उनले भनिन तिमी जहाँ जान्छौ फेशबुक बाट जानकारी पाइन्छ । जसरी नि भेट्छु भनेर आएको भन्दा त आजै फेशबुक बन्द गर्दिउ जस्तो भयो। तर उ भेट्दा खुशी लाग्यो। अनि नम्बर नि?

खै को हो ? यहाँ आएर फ्रेस भएपछि हामी सगै पढ्ने राकेशलाई फोन गरेर मागे छैन भन्यो । अनितालाई गरेर तिम्रो नम्बर माग्दा नि छैन भनी । तिम्रो नम्बर नपाएर निरास भएको थिए । छेउमा खाना खादै गरेको मान्छेले बोहरा अंकलको नम्बर खोज्नु भएको भन्नूभयो मैले अँ भने । मैले फोटो देखाएँ । उसले नम्बर दिदै यस्तो छुद्रो मान्छे, तिम्रो साथी?

केही साथीहरूले छुद्रो देख्नु राम्रै हो। सदैब अन्यायको विरुद्ध बोल्छौ, श्रममा बिश्वास गर्छौ। म त्यो सम्झेर खुशी छु। अब के खाने, उसले वाइन खाने इच्छा राखिन मैले इन्कार गरे । लण्डन देखि भेट्न आउने मान्छेलाई मेरो इच्छा अनुसार खान दिनुपर्दैन, उनले मुस्कुराउदै भनिन ।

मलाई समस्या पर्यो रातिको १०ः३० भैसक्यो न कोठामा जाऊँ भनौं, न यहि बस भनौं । मैले भने मन दह्रो बनाएर । एउटा कुरा भन्छु किन भनेर नसोध ल ? उसले हुन्छ भनेर कसम खुवाईन । आज तिमी यहिँ बस ल । उसले किन प्रश्न सोध्न नि सकिन नाइ भन्न पनि । तिमि पनि बस भन्दा होइन मेरो काम छ भनेर म उसलाई बस्ने ब्यवस्थापन गरेर म हिडे।

राती निकै अबेरसम्म हाम्रो धेरै कुरा भए । एउटा केटि मान्छे राती सगै बस्न मनै लागेन । हुन त हामी पहिला धेरै पटक सगै बसेका हौं।
हाम्रो नाता सबै भन्दा नजिजको तर सम्बन्ध दाजुबहिनी भन्दा कम थिएन। उसले भनी कोठा फोहोर भएर मलाई नलागेको होला? म सफा गर्दिन्थे,मैले होइन म अरु कै कोठामा बस्छु जबाफ दिए।

भोलि पल्ट बिहान कतै घुम्न जाने कुरा भयो । पर्सिपल्ट उसको टिकट पनि फिक्स भए छ। मैले उनलाई बिहानै जिरी लगँे । दोलखाको मान्छे जिरी न जाने । जिरी बाट झर्दा, रामेछापमा कतै लादैनाँै उनले सोधिन ?
मैले लान्छु पखन, धेरै बाकी छ बिटार घुमेकै छैन, भन्दै अतितलाई सम्झदै स्कृटरमा गएका हामी जिरिको चिसोलाई बाइ बाइ भन्दै थियौं ।

उ म सँगै निकै टासिएकी थिइन । कोशिको किनार रै किनार । खिम्ती पारी आएपछि कोशीको छेउमा जाने कुरा भयो । खिम्ती छेउ जलापा मन्दिर । पारी गेलु पाखा हामी धेरै बेर बस्यौं,। उसले भनी कोशीलाई कसैले गाली गर्दैनन् यसले पनि मान्छे बगाउछ । घर सम्पत्ति बगाउछ तिमिलाई किन सबैले छुद्रो भन्छ्न, आखिर तिमी पनि कसैको केहि बिगार्दैनौं, गलत गर्दैनौ, म झस्किए । अनि आफु परिवर्तन हुने बिश्वस्त पारे ।

हामी आउदा साझ परेको थियो । झमझम पानी पनि । भिजेको हामी उसलाई होटल छाडेर म कपडा फेर्न आफनो कोठा आएँ । कपडा फेरेर फेरी होटलमा नै बस्ने गरी २ वटा कोठा लियौं। खाना खायौं गफियौं दुबै रिसायौं, खुशी भयौं । आँसु पनि झरे। कतिबेला निदाइए छ । पत्तै भएन। बिहान उठ्दा उ छेउको बेडमा पो देखे । अर्को रुमको भाडा मात्र तिर्नु पर्यो । उज्यालो भयो । मैले आज भालुखोप रामेछाप डाडा र बिटार पार्क घुमाउनु थियो। साथै मेरा साथीहरूलाई नि भेटाउने मन थियो । फेरि बेलुका ८ बजे आजैको टिकट पनि ।

रातिको सुताइ कम थियो। न उसलाई यति छिटै जान मन थियो । न त टिकट क्यान्सिल गर्न सक्ने अवस्था नै थियो। हामी भालुखोप घुमेर खाना खाएर आउदा १० बजेको थियो । उ बिटार पार्कमा मात्रै २ घन्टा हराइ । यति सम्म कि त्यहाँ भएका सम्पुर्ण सामानको फोटो कैद गरिन उनले ।

उनले विटार पार्क मलाई लण्डन भन्दा प्यारो लाग्यो भन्दा म खुशी भए। मेरा साथीहरूले बनाएको भनेर मैले सबै कुरा जानकारी गराएँ । यतिकैमा १२ बजि सकेको थियो । काठमाडौ पुग्नु छ । यता साथीहरू पनि भेट्नु छ । उ निस्किन मानिन । अन्त्यमा छिट्टै अर्को पटक आउने साथीहरू सग भेट्ने, र अझै एक घन्टा बिटार मै बस्ने कुरा सहमत भयो ।

१ बज्यो । हामी निस्क्यौ । होटल आएर बिदा भएर सोहि दिन राति उसलाई अन्तरराष्टिय विमान स्थल सम्म पुर्याएर आँसु सहितको हात हलाएँ । उ पुगेपछि ईमेल गर्छु भन्थिन । म आज पनि उनको ईमेलको पर्खाईमा छु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार