देशमा ९५ दशमलव ६० प्रतिशत भूभागमा धान रोपाइँ

देशमा ९५ दशमलव ६० प्रतिशत भूभागमा धान रोपाइँ

मुलुकभरमा रोपाइँयोग्य जमिनको ९५ दशमलव ६० प्रतिशत भूभागमा धान रोपाइँ सकिएको छ । देशभरका विभिन्न इकाइले पठाएको विवरणअनुसार १३ लाख ११ हजार दुई सय ९९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो । देशभरका अधिकांश भूभागमा रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले जानकारी दिनुभयो । गत वर्ष यो अवधिमा करिब ११ लाख हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार