घुस सहित रंगेहात पक्राउ परेका इन्जिनियर सत्यालबाट थप साढे ९ लाख बरामद

घुस सहित रंगेहात पक्राउ परेका इन्जिनियर सत्यालबाट थप साढे ९ लाख बरामद

रामेछापको सदरमुकाम मन्थलीमा रहेको खानेपानी कार्यालयबाट २८ लाख रुपैयाँ घुस सहित पक्राउ परेका इञ्जिनियर र प्लम्बरको साथबाट थप साढे ९ लाख रुपैयाँ बरामद भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ परेका दुवैजनाको खानतलासी लिने क्रममा थप साढे ९ लाख रुपैयाँ फेला पारेको हो ।

‘उहाँहरुको खानतलासी चलिरहेको रहेछ, त्यसक्रममा थप साढे ९ लाख रुपैयाा भेटियो’ अख्तियार स्रोतले भन्यो, ‘थप रकम भेटिन थालेपछि हाम्रो टोलीले उनीहरुको साथमा रहेका झोला र अरु सामानको खानतलासी गरिरहेको छ । काम टुंगिएपछि थप कुरा आउला ।’

खानेपानी तथा सरसफाइ डिभिजन–४ का इञ्जिनियर नवराज सत्याल र करारका प्लम्बर बखतबहादुर थापा बुधबार १६ लाख नगद १२ लाख रुपैयाँको चेकसहित पक्राउ परेका थिए । रामेछापको मन्थलीस्थित इञ्जिनियर सत्यालको सरकारी निवासमा थप खानतलासीको क्रममा रकम बरामद भएको अख्तियारको दावी छ ।

उनीहरुले सेवाग्राहीसँग घुस मागेको सूचना पाएको आधारमा आफ्नो टोलीले निगरानी गरेको र उनीहरुको खानतलासी लिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार