३५ हजार २ सय २१ पदका लागि करिव एक लाख ४५ हजारले प्रतिस्पर्धा गर्ने

३५ हजार २ सय २१ पदका लागि करिव एक लाख ४५ हजारले प्रतिस्पर्धा गर्ने

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ३५ हजार २ सय २१ पदका लागि करिव एक लाख ४५ हजार उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगका अनुसार ८ हजारभन्दा धेरैले उम्मेदवारी फिर्ता लिएका कारण प्रतिस्पर्धामा रहने उम्मेदवारको सङ्ख्या एक लाख ४५ हजार कायम भएको छ ।

निर्वाचनमा देशभर १२ हजार ७ सय ८९ जना व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । वर्षौसम्म पार्टीमा सक्रिय भएका तरचुनावको बेला नेतृत्वले आफूखुसी टिकट वितरण गरेको, अरु दलसँग तालमेल गरेको भन्दै स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या यसपाली बढेको एक जना विश्लेषक जैनेन्द्र जीवनले बताउनुभयो । उहाँका अनुसार त्यस्ता उम्मेदवारहरू विजयी नभए पनि सत्ता र विपक्षी गठबन्धनको चुनावी तालमेल र नतिजामा भने प्रभाव पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार