कोरोना रोकथामका लागि गोकुलगंगा गाउँपालिकाको खर्च लगभग ४२ लाख

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र व्यवस्थापनमा ४१ लाख ८२ हजार ६ सय ५९ रुपैयाँ खर्च भएको छ । ६ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा सबैभन्दा बढी औषधी एवम् मेडिकल सामाग्री खरिदमा २० लाख ६२ हजार ८ सय २२ रुपैयाँ खर्च भएको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक जागिर रायले ई रामेछापलाई […]

रामेछाप जिल्ला भित्र भोलिबाट सार्वजनिक यातयात सञ्चालन हुने

रामेछाप जिल्ला भित्र भोलिबाट सार्वजनिक यातयात सञ्चालन हुने भएको छ । आज प्रमुख जिल्ला अधिकारी  रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको डिसिसिएमसीको बेठकले रामेछाप जिल्लाभित्र जारी गरिएको निषेधाज्ञालाई खुकुलो पार्दै यस्तो निर्णय गरेको हो । सार्वजनिक सवारी सधानले सिट क्षमताको आधा यात्रु मात्रै र निजी तथा साना सवारी साधनमा चालक बाहेक ३ जना यात्रु राख्न पाइनेछ । […]

रामेछापका थप २ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज रामेछाप जिल्ला घर भएका तर हाल काठमाडौमै बसोबास गर्दै आएका थप २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यलय रामेछापले जानकारी दिएको छ । रामेछापको खाँडादेवी गाउपालिका वडा नम्बर ३ का २६ र ३८ वर्षका २ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका […]

रामेछापका २७ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, जिल्लामा ४९ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म १ हजार ३ सय २९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब २७ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना […]

रामेछापका ४ जनाले जिते कोरोना, १२ जनाको उपचार हुँदै

रामेछाप जिल्लाका ४ जनाले कोरोना भाईरस (कोविड १९) लाई जितेका छन । रामछाप नगरपालिका वडा नम्बर २ देउरालीका हरि दर्लामी मगर, कल्याण बोगटी,रमेश खड्का र विटु मण्डलले कोरोना भाईरसलाई जितेर आज घर फर्किएका छन । मगर, बोगटी र खड्का भारतबाट फर्किएका थिए । उनिहरु रामेछाप नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए । भने मण्डल रामपुर स्वास्थ्य […]

रामेछापका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछाप जिल्ला घर भएका तर हाल काठमाडौमै बसोबास गर्दै आएका थप ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यलय रामेछापले जानकारी दिएको छ । रामेछापको खाँडादेवी गाउपालिकाका २ जना र सुनापति गाउँपालिकाका १ जनागरी ३ जनामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य […]

रामेछापका ९६ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, जिल्लामा ३४ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा बुधबार अर्थात आजसम्म १ हजार ३ सय २९ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ९६ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज जिल्लाका २७ जनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरिएको छ । मन्थली नगरपालिकाका २७ जनाको स्वाब […]

कोरोना रोकथामका लागि मन्थली नगरपालिकाको खर्च लगभग ४६ लाख

रामेछाप जिल्लाको मन्थली नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि ४५ लाख ९२ हजार ४ सय ७६ रुपैयाँ खर्च भएको छ । १४ वटा वडाहरु रहेको नगरपालिकामा कोरोनाको माहामारी पुर्व तयारीको लागी औषधि तथा सर्जिकल सामाग्री खरिदमा सबैभन्दा बढि रकम खर्च भएको छ । मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फ्ुयाँलले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार […]

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घन्टामा थप नौ सय दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना समबन्धि जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ४८ हजार एक सय ३८ कोरोना सङ्क्रमित भएको बताउनुभयो […]

रामेछापको मन्थली नगरपालिकाले बैकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

रामेछापको मन्थली नगरपालिकाले पनि यस बर्षबाट सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गर्ने तयारी गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउने उद्देश्यले नगरपालिकाले पहिलो पटक बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतका अनुसार नगरपालिकाभित्र ६ हजार ६ सय ६५ जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएका […]