रामेछापका २१९ जना कोरोना संक्रमित निको

रामेछापका २१९ जना कोरोना संक्रमित निको

रामेछापका २१९ जना कोरोना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेँका छन् । दोरम्बा गाउँपालिकाका २ जना स्वास्थ्यकर्मी कोरोना कोरोनामुक्त भई डिस्चार्ज भएसँगै जिल्लामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई सय १९ पुगको हो । दोरम्बाका एक महिला र एक पुरुष स्वास्थ्यकमी कोरोनामुक्त भई डिस्चार्ज भएका हुन । अब मन्थली नगरपालिकामा १ जना सक्रीय सङ्क्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म जिल्लाबाट दुई हजार ५३४ जनाको स्वाब सङ्कलन गरी पीसिआर विधिबाट कोरोना भए नभएको पहिचान गर्न परीक्षण गरिएकोमा २२० जनाको रिपोर्ट पोजेटिभ आएको थियो । अन्य दुई हजार ३ सय १४ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार