रामेछाप जिल्लाको बजार अनुगमन ब्यवस्थापनलाई थप कडाई गरिने

रामेछाप जिल्लाको बजार अनुगमन ब्यवस्थापनलाई थप कडाई गरिने

रामेछाप जिल्लाको बजार अनुगमन ब्यवस्थापनलाई कडाई गरिने भएको छ । चालु आबमा जिल्ला बजार अनुगमन समितिले गरेको कामको समिक्षा तथा भावि दिनमा गर्ने बजार अनुगमनका सम्बन्धमा बुधबार प्रमुख जिल्ला अधिकारी अर्जून कुमार शर्मा गुरागाईको कार्यकक्षमा बसेको जिल्ला बजार अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले बजार अनुगमनका नाममा विगतमा भए गरेका कामको समिक्षा र त्यसबाट आम उपभोक्ताहरुका पक्षमा भए गरेका गतिबिधिका बारेमा पनि छलफल भएको थियो ।

सो अबसरमा प्रजिअ शर्माले जिल्ला अनुगमन समितिले विगतमा भए गरेका कम्जोरी हरुलाइै सुधार गर्दे बजार अनुगमनको पाटोलाई थप ब्यवस्थापन गर्दै जाने भन्दै त्यसका लागि सराकारवालाहरु सबैलाई सहयोगको लागि आग्रह गर्नु भएको थियो । उपभोक्ताको जीवन र स्वास्थ संग जोडिएको बजारको अनुगमन प्रणालीलाई हामिले जिल्लाका सवै पालीकाहरु संगको सहकार्यमा पालीका स्तरका बजार केन्द्र सम्म सहकार्य गर्न लागि परेकाले अभियानमा सहयोग गर्न पनि प्रजिअले आग्रह गर्नु भयो ।

बैठकले यसकालागि पहिलो चरणमा रामेछाप उद्योग बाणिज्य संघ सग सहकार्यगरि सदरमुकाम मन्थली र सवै स्थानिय निकायहरु सँग समेतको सहकार्यमा अनुशिक्षण कार्य संचालन गर्ने निर्णय गरेको छ । जस अन्र्तगत बजारमा राखिएका सामानको खरीद तथा विक्रि मुल्य र म्याद नागैका खाद्यन्न लगाएतका सामाग्रिको अवस्थाका बारेमा समेत अनुगमन गरी आबश्यकता का आधारमा कार्वाहिको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

समितिका अध्यक्ष सहायक प्रमुख जिल्ला अधिकारी तुलराज सुनुवारको अध्यक्षतामा बसेको बैठकले बजार अनुगमनलाई प्रभावकारी बनाउने सन्दर्भलाइ आफुले ईमान्दारीताका साथ पालना गर्ने धारणा राख्नु भएको थियो । बैठकमा नेपाल पत्रकार महासंघ बाग्मति प्रदेशका सदस्य बद्री नयाँघरे,रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब घिमिरे, कोष तथा लेखा नियन्त्रक ,घरेलु तथा साना उद्योग विकास समितिको प्रतिनिधी लगायतले जिल्लाका बजार अनुगमन प्रणाली र सुधारका पक्षलाई सबल बनाउनु पर्नै कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार